Friday 14 August 2009

पुमा राइहरुको एक परिचय खोटाङ जिल्लाको दक्षिण भेग सावा खोला र दुधकोशीको आसपासको छेत्रमा पुर्खौली बसोबास रहिआएको किरात राइहरु मध्ये एक पुमाराइहरुको बाहुल्य्यता खोटाङ जिल्लाको दिपलुङ, मौबोटे, देवीस्थान गाबिस मा छ भने चिसापानी, सुन्तले, फाक्ताङ, पौवासेरा, काहुले, बोपुङ, र उदयपुर जिल्लाको सिद्धिपुर, चौदन्डी, बबला, मैनामैनी गाबिस मा न्युनता रहेको पाईन्छ। हाल उदैयपुर जिल्लाकै बेल्टार, बसाहा, रामपुर, तथा तराइका जिल्लाहरु, सप्तरी, सुन्सरी, मोरङ, झापा र उपत्यकामा बसाइ सराई गर्ने पुमा राइहरुको सँख्यामा ब्रिद्धी भएको पाईन्छ। पुमाराइहरु आफुलाई रकोङ, रोकुङ, रोखुङ तथा रोकुङ भन्न रुचाउछन। उनिहरुले बोल्ने भाषा लाई पुमा भाषा भनिन्छ भने आफ्नो भाषामा उनिहरु रकोङ्ला, रोकोङ्ला, वा रोकुङ्ला भन्दछ्न। स्थानीय ठाउँहरुको कतिपय नामहरु यसै भाषाबाट राखिएको पाईन्छ। जस्तै; दिप्लुङ, ओक्वारीतोङ `मौवाबोटे`चाभालोक्खा, बाखोप्तान, ताम्दुङ, बँशिला, बुतवा, रोङ् रुम (निगाल्बास)आदी। २०५८ सालको राष्ट्रिय जनगणना अनुसार पुमा भाषिक राइ हरु करिब १२ हजार् को हाराहारिमा छन भने पुमा भाषा बोल्ने राइहरुको सँख्या ४३१० मात्र रहेकोछ। भाषा बोले पनि नबोले पनि पुमा राइहरु आफ्नो कुलपुजा तथा परम्परागत चुला पुज्दा वा अन्य सस्कार गर्दा पुमा भाषा(पुमा मुन्दुम जान्ने) ङापोङ, धामीले नै पुज्नुपर्दछ।
Posted by PUMARAI at
08:09 0 comments

No comments: