Saturday 7 August 2010

पुमा राइहरुको एक परिचय खोटाङ जिल्लाको दक्षिण भेग सावा खोला र दुधकोशीको आसपासको छेत्रमा पुर्खौली बसोबास रहिआएको किरात राइहरु मध्ये एक पुमाराइहरुको बाहुल्य्यता खोटाङ जिल्लाको दिपलुङ, मौबोटे, देवीस्थान गाबिस मा छ भने चिसापानी, सुन्तले, फाक्ताङ, पौवासेरा, काहुले, बोपुङ, र उदयपुर जिल्लाको सिद्धिपुर, चौदन्डी, बबला, मैनामैनी गाबिस मा न्युनता रहेको पाईन्छ। हाल उदैयपुर जिल्लाकै बेल्टार, बसाहा, रामपुर, तथा तराइका जिल्लाहरु, सप्तरी, सुन्सरी, मोरङ, झापा र उपत्यकामा बसाइ सराई गर्ने पुमा राइहरुको सँख्यामा ब्रिद्धी भएको पाईन्छ। पुमाराइहरु आफुलाई रकोङ, रोकुङ, रोखुङ तथा रोकुङ भन्न रुचाउछन। उनिहरुले बोल्ने भाषा लाई पुमा भाषा भनिन्छ भने आफ्नो भाषामा उनिहरु रकोङ्ला, रोकोङ्ला, वा रोकुङ्ला भन्दछ्न। स्थानीय ठाउँहरुको कतिपय नामहरु यसै भाषाबाट राखिएको पाईन्छ। जस्तै; दिप्लुङ, ओक्वारीतोङ `मौवाबोटे`चाभालोक्खा, बाखोप्तान, ताम्दुङ, बँशिला, बुतवा, रोङ् रुम (निगाल्बास)आदी। २०५८ सालको राष्ट्रिय जनगणना अनुसार पुमा भाषिक राइ हरु करिब १२ हजार् को हाराहारिमा छन भने पुमा भाषा बोल्ने राइहरुको सँख्या ४३१० मात्र रहेकोछ। भाषा बोले पनि नबोले पनि पुमा राइहरु आफ्नो कुलपुजा तथा परम्परागत चुला पुज्दा वा अन्य सस्कार गर्दा पुमा भाषा(पुमा मुन्दुम जान्ने) ङापोङ, धामीले नै पुज्नुपर्दछ।
by S. D.PUMARAI

PUMARAI 'S SECOND ANNUAL ASSEMBLY 2010



From shubas d puma rai


from shubas d puma rai -

Nepal is a very ancient country, which was ruled by many dynasties in the past. Among them, the Kirat rule is taken as a very significant one, being the longest period that extended from pre-historic to historic period. In ancient Hindu scriptures, Nepal is referred as the “Kirat Desh” or “the Land of Kirats”.

The Kirat Rai belong to the Kirati group or the Kirat confederation that includes the Rai, Limbu, Yakkha and Sunuwar. Dhimal, Hayu, Koche , Thami, Chepang, and Surel ethnic groups also consider themselves to be of Kirati descent.

The traditional homeland of the Rai extends across the Solukhumbu, the Okhaldhunga , Khotang, Bhojpur,Udayapur, sunsari and the kathmandu districts in the northeastern hilly/mountainous region of Nepal, west of the Arun River in the Sun Koshi River watershed. Rais are also found in significant numbers in the Indian state of Sikkim and in the northern West Bengal towns of Kalimpong and Darjeeling.

According to Nepal’s 2001 census, there are 635,751 Rai in Nepal which represents 2.79% of the total population.

Language & Script:

script

Kirat Rai speakes more than 32 different languages and dialects within the Tibeto-Burman languages family. The oral language is rich and ancient, as is Kirati history, but the written script remains yet to be properly organized as nearly all traces of it was destroyed by the next rulers of Nepal, The Lichhavis and almost eradicated by the Shah dynasty.

The Rai are divided into many different sub-groups – Bantawa, puma, Chamling, Sampang, Dumi, Jerung, Kulung, Khaling, Lohorung, Mewahang, Rakhali, Thulung, Tilung, Wambule, Yakkha, Yamphu, Sunuwar, Ambule, etc. Some groups number only a few hundred members. Every sub-groups speak defferent languages.

The Kirat Rai has no their own script but use ‘Sirijonga’ script which was first invented in the late 9th century by the Sirijonga Hang. It disappeared for many years and reintroduced by Te-ongsi Sirijonga in the 17th century. This Sirijonga, who was believed to be the reincarnation of the first, was apparently martyred in 1743 for the sake of this script by the Sikkim Lamas, who tied him to a tree and flung poison arrows at him. The script was named ‘Sirijonga’ in his honour by the Limbu scholar Iman Singh Chemjong in 1925.

Thursday 22 July 2010



from
shubas puma

Sunday 20 June 2010

lr;fkfgLdf ;fs]nf gfr ;DkGg

vf]6fª lhNnfsf] blIf0fL e]u lr;fkfgL ahf/df ls/ft k'df /fO{ t'Kvfafªvfnf, lhNnf sfo{ ;ldlt vf]6fªn] cfof]hgf u/]sf] ;fs]nf l;nL ut h]i7 @$ ut] ;f]daf/ eJo ?kn] ;DkGg eof] . ;fs]nf gfrdf lgufnaf;, kflyef/f, jflrkfnf, v'6f / 3f]n]{sf 6f]nLx? ;xefuL lyP . ls/ft k'df /fO{x?sf] k'Vof}{nL tyf P]ltxfl;s eUgfjz]ifsf] ?kdf /x]sf] ;fs]nf yfgsf] pTvgg\ / k'glg{df0f kl5 of] ;fn clxn];Dd s} 7"nf] hg;d"bfosf] e]nf ePsf]] ls/ft k'df /fO{ t'Kvfafª\vfnf, lhNnf sfo{ ;ldlt vf]6fªsf cWoIf >L cDa/ axfb'/ /fO{ atfpg'x'G5 . ut rf/ jif{b]lv lgdf{0f ub{} cfPsf] ls/ft k'df /fO{ t'Kvfafª\vfnf, lh=sf=;=vf]6fªn] olx ;fn :yfgLo lgsfo tyf hgtfx?sf] ;xof]udf cf7 lkm6 cUnf] rf/}lt/ kvf{nsf] yfg dlGb/ lgdf{0f sfo{ ;DkGg ePsf] s'/f ;+:yfsf lhNnf ;lrj Pj+ lr;fkfgL p=df=lj=sf lzIfs >L k|sfz /fO{n] atfpg' eof] . k|To]s jif{ a}zfv k"l0f{dfsf] bzdL ltlydf ul/g] k'hf / gfrufgdf o; k6s ls/ft k'df /fO{ t'Kvfafª\vfnf s]Gb|Lo sfo{ ;ldltn] k|bfg ug]{ k'df efiff clen]lvs/0f 5fqa[lQ klg ljt/0f ul/Psf] lyof] . of] k'/:sf/ ut aif{ k|a]lzsf pQL0f{ k'df /fO{ ;d"bfosf b'O{ 5fqf / b'O{ 5fqnfO{ gub k'/:sf/ tyf k|df0f–kq k|bfg ul/Psf] lyof] .

Wednesday 3 February 2010

RAI

DHUDH KOSI

PUMA


किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरुको आफ्नै मौलिक भाषा संस्कृति र परम्पराहरु छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ मौवाबोटे र देवीस्थान गाविसहरु पुमाहरुको प्रमुख बोबी थलो हो । त्यसैगरी खोटाङकै चिसापानी सुन्तले साउनेचउर फाक्टाङ पौवासेरा काहुले र बोपुङ गाविसहरुमा उनीहरुको बाहुल्यता रहेको छ । त्यस्तै उदयपुर जिल्लाका बेल्टार बसाहा रामपुर गाविसहरु लगायत अन्य जिल्लाहरु सुनसरी सप्तरी मोरङ झापा र उपत्यकामा पनि उल्लेख्य रुपमा उनीहरुको बसोबास रहेको छ । साथै भारतको दार्जिलिङमा पनि पुमाहरुको बसोबास रहेको तथ्यहरु प्राप्त भएका छन् । तर जहाँ बसे पनि प्रकृति पुजक पुमाहरुको संस्कृति र रहनसहनमा एकरुपता देखिएको छ । पुमा जाति र तिनको संस्कृतिको अध्ययन गर्न निम्न तथ्यहरु उल्लेख गर्न गरिन्छ ः १। पुमा राई को उत्पत्ति विकास र बसोबास २। पाछा विभाजन ३। भाषा ४। धर्म ५। संस्कार १। पुमा राई को उत्पत्ति विकास र बसोबास पुमा जातिको उत्पत्ति र विकास सम्बन्धि स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धि आख्यान भनाई र लोककथाहरु भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरुबाट प्राप्त तथ्यहरु यस लेखमा प्रस्तुत गरिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गरे । यो तथ्य इतिहासहरुमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरु ईष्याले जल्दथे । उनीहरुले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरु नाग वृक्ष हावा पानी आगो चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरुले आफ्ना तीन चुलालाई सुम्निमा पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरुले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरुले फसाए । यो उनीहरुको कुटनीति जालझेल थियो । किरातीहरुको पतनको इतिहास यहीबाट शुरु हुन्छ । किरातीहरुको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरुले हार व्यहोनु परे पछि किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरुले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरु कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती किराती हरुको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपी उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरु १। बाउलाई नमार्नु २। दाजुलाई नमानु र ३। भाइलाई नमार्नु थिए । लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरुले किरातीहरुको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेली बाटै थाहा पाए । त्यसपछि लिच्छवीहरुले सर्वप्रथम किराती शक्तिश्रोतहरुलाई वित्तल पारे । तिनको सांस्कृतिक धरोहरहरु नास गर्न थाले । कूलपितृ र भूमिदेवहरुमा वित्तल पार्न थाले । शुरुमा किरातीहरु जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरुको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरुले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालिन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ यलम्बर का बत्तीसौं सन्तान थिए । उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगे पछि आर्यहरुको किरातीहरु माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरुको मौलिक भाषा संस्कृति र परम्पराहरु माथि लिच्छवी शासकहरुले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरु किरातीहरुको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरु नष्ट गर्दै लगे । उनीहरुले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरु माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरु उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरु किराती राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली-२०६२ खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहाङका दुई छोराहरु भए । उनीहरु लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्यु पछि उनका छोराहरुले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवन र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी वालिखा मा सारे । इतिहास अनुसार किरातीहरु उपत्यकाबाट बनेपा हुँदै बेलकातरी सम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरुको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरुले आफ्नो मौलिकताका धेरै हद सम्म गुमाउन पुगे । उनीहरु शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरु पाइन्छन् । खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा नागाकी चेली सँग्ा विबाह गरे । उनीहरुका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ ः १। जेठा ः मापेहोङ २। माइला ः खिन्चीहोङ ३। साइला ः हिनाहोङ ४। काइला ः वानाहोङ ५। अन्तरे ः खप्पाहोङ ६। जन्तरे ः कुसे्रहोङ ७। लखन्तरे ः चालिमहोङ ८। मन्तरे ः सेकुहोङ ९। गनन्तरे ः रामलिहोङ १०। कान्छा ः सेक्रोहोङ ११। छोरी ः सायामा खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए । समयक्रम बढ्दै गयो । किरातीहरु ताडो चढाउन खप्पिस थिए । उनीहरु धनुवाण लिएर सिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरु मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरुले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडा ग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा फगे र त्यहाँका ग्याल्जुङमा भुटिया सँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी थलो बनाए । छोराहरु हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरु भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरु बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरुको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बतए । उनले बाबुको गाली खानसम्म खाए । फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे । खम्बुहोङले छोरा सेक्रोहोङको मृत्यु पछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ खिन्चीहोङका सन्तान सुनुवार हिनाहोङका सन्तान वायुङ वाहेङ र वाम्बुले अम्बु खप्पाहोङका सन्तान कुलुङ कुसे्रहोङका सन्तान तिलुङ चालिमहोङका सन्तान चाम्लिङ साङपाङ र पुमा सेकुहोङका सन्तान दुमी नाछिरिङ लोहरुङ र याक्खा रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ । समय सँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ-आफ्नो बोबी क्षेत्र छुटाउँदै बस्न थाले । उनीहरु जहाँ जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरु खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन बोबी या क्षेत्र बनाएर बस्न थाले । आफ्नो बोबी सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरु पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरुले राम्रो क्षेत्र उनीहरुको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झर् यो । झर्ने क्रममा उनी दक्षिणी खोटाङको सावाखोला तरे । हालको दिप्लुङ गाविसको आसपासमा उनले आफ्नो अनुकुल वातावरण पाए । स्वच्छ हावापानी हिमाल र समतलको एकैचोटी दृष्यावलोकन गर्न सकिने दिप्लुङ क्षेत्रले उसलाई मोहक बनायो । र दिप्लुङ क्षेत्रलाई उनले पुमा बोबी सोहोन बनाए । यसरी खोटाङको दिप्लुङबाट पुमा बस्ती दिप्लुङ लगायत मौवाबोटे देवीस्थान चिसापानी सुन्तले साउनेचउर फाक्टाङ पौवासेरा काहुले र बोपुङ सम्म विस्तार भयो । र पछि उदयपुरको बेल्टार बसाहा रामपुरमा बसाइँ सराई गरे । बसाइँसराईको क्रममा पुमा जाति हाल सुनसरी सप्तरी मोरङ झापा काठमाडौं र भारतको दार्जिलिङ सम्म पुगेका छन् । २। पाछा विभाजन जातिलाई गरिएको विभाजन नै पाछा हो । पुमा जातिमा पाछाको ठूलो महत्व छ । पाछाको अर्थ खोज्ने हो भने ुपाु को अर्थ बाबु र ुछाु को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । यस अर्थमा पाछा शब्दले पूर्वजको सन्तानलाई खुलाउदछ । लोककथा तथा बुढापाकाको भनाई अनुसार पाछा छुट्याउनुको मुख्य उद्देश्य हाडनाताबाट छुटिनु थियो । पुमा वस्ती विस्तार भए पछि उनीहरु वीच विहेवारी गर्न अप्ठ्यारो महसुस हुन थाल्यो । विहेवारीको निम्ति हाडनाताको साइनो लाग्न थाल्यो । त्यस कठीनाईलाई समाधान गर्न तत्कालिन पूर्खाहरुले बोबी र पाछा विभाजन गरेका थिए । पुमा पुस्तालाई जाति र डबलुङ पालुन पुस्तालाई बोबीमा विभाजन गरे भने उनीहरुको सन्तानलाई पाछाको उपनाम दिए । जस्तो पुमाहोङका छोराहरु डबलुङ र पालुन दुईजना छोराहरु थिए । ती दुईजना दुईवटा डबलुङ र पालुनको बोबीमा छुट्टिए । डबलुङ र पालुन बोबीका सन्तान फेरि पाछामा विभाजित भए । जसका कारण तिनका सन्तान कुटुम्बेली भए । हाडनाताको साइनो टुट्यो । र ती भिन्न पाछाहरुवीच कुटुम्वेलीको साइनो आरम्भ भयो । पुमामा दुई बोबीहरुका गरी जम्मा चौंध पाछाहरु छन् । डबलुङ बोबी अन्तर्गत १। गाराजा २। थुम्राहाङ ३। हाङथाङखा ४। योङदोहाङ ५। लिम्माछित ६। दुमाङलुङ र ७। हादिरा गरी सात पाछा छन् । त्यसैगरी पालुन बोबी अन्तर्गत १। मिथाहाङ २। तोङमालुन ३। मेत्लङथङ ४। वावीहाङ र ५। खाहोङ गरी पाँच पाछा छन् । बुढापाकाको भनाई र लोककथा अनुसार पाछा विभाजन गर्ने समयमा रीरुहाङ र हेन्योङछा परदेश गएका थिए । उनीहरु परदेशबाट फर्कदा पाछा विभाजन भइसकेको थियो । उनीहरुले पनि हाम्रो पाछा चाहियो भने पछि उनीहरुको पाछा रीरुहाङ र हेन्योङछा राखियो । यी दुई पाछा समेत पुमा जातिमा जम्मा १४ पाछाहरु विद्यमान छन् । पाछा विभाजन सँगै वंशावलीको नामावली प्रस्तुत गर्दा तथ्य बुझ्न सजिलो हुनेछ भन्ने महसुस यो पंक्तीकारले गरेको छ । त्यसैले संिक्षकिराती वंशावली यहाँ प्रस्तुत छ ः ३। भाषा पुमा जातिको आफ्नै मौलिक भाषा छ । तिनले बोल्ने भाषालाई रकोङ रोखुङ रोकोङ आदि भन्दछन् । वंशानुगत हिसावले पनि पुमा भाषा चाम्लिङ र साङपाङ सँग धेरै मिल्दछ । पुमा भाषाको संरचना बेग्लै छ । यो भाषाको संरचना नेपाली खस र अंग्रेजीसँग मेल खादैन । यो भाषाको संरचना तिब्बत-बर्मेली भाषा समूहसँग मेल खान्छ । नेपालको जनगणना २०५८ अनुसार करिब १२ हजार जनसंख्या रहेको पुमाहरु मध्ये करिब ९० प्रतिशतले आफ्नो मातृभाषा बोल्दछन् । पुमा जातिले आफ्नो रकोङ भाषालाई नै पहिलो भाषाको रुपमा बोल्दछन् । नेपाली खस भाषा भने दोश्रो भाषा अर्थात अन्तरभाषीय संचारको रुपमा प्रयोग गर्दछन् । यद्यपी अंग्रेजी र नेपाली भाषाको अतिक्रमण पुमा भाषामा पनि देखिएको छ । अरु भाषा नेपाली र अंग्रेजी को प्रभाव यही गतिमा बढ्दै जाने हो भने निकट भविष्यमा कम मात्रै पुमाहरुले आफ्नो भाषा प्रयोग गर्नेछन् । छिन्ताङ तथा पुमा भाषा अनुसन्धान परियोजनाको निस्कर्ष अनुसार यदि यस भाषाको संरक्षण र संवद्र्धन नहुने हो भने आगामी ३० वर्ष अर्थात अहिले ३० वर्ष पुगेकाहरुको मृत्यु भए पछि पुमा भाषाको पनि मृत्यु हुनेछ । त्यसैले पुमा भाषा एक लोपउन्मुख भाषाहरु मध्ये पर्दछ । मुन्दुमवेत्ताहरुका अनुसार पहिले पुमा भाषाको शव्दावली धेरै संख्यामा थियो । तर समयको परिवर्तन सँगै पुमा भाषामा गिरावट आइरहेको छ । र अरु जस्तै पुमाहरुको पनि परिवर्तनीय मनसाय अर्थात पश्चिमेलीको नक्कलले गर्दा पुमा भाषाका शब्दावलीहरु विस्तार हराउदै या हाइबि्रड हुदै जाने क्रममा छन् । पुमा भाषामा लिखित दस्तावेजहरु त्यति धेरै संख्यामा प्रकाशित भएका छैनन् । २०६४ असार बाट पुमा भाषामा त्रैमासिक पत्रिका ुबुङ्वाफोपु प्रकाशन शुरु भएको छ । बुङ्वाफोपको अर्थ फुलको थुङ्गा भन्ने हुन्छ । यस पत्रिकाको मुख्य उद्देश्य पुमा भाषा र संस्कृतिको प्रचार प्रसार र संरक्षण भएको देखिन्छ । पुमा भाषाबाट टाढिन खोजेका गन्तिका शब्दावलीहरुलाई खोजतलास गरेर यस पत्रिकाले वहार थप्न खोजेको देखिन्छ । पुमा भाषामा हाल चल्तीमा रहेका गन्तिहरु अक एक अस दुई सुम तीन र रेत आठ हुन् । तर शुन्य लगायत बाँकी अंकहरु चलनचल्तीमा नरहेकाले लोप भइसकेका छन् । तिनलाई पुनरावृत्ति गर्दै बुङ्वाफोपमा लेखिएको छ- अक एक अस दुई सुम तीन चुछित चार छित पाँच छेत छ सेत सात रेत आठ लेत नौ र अकहोप दश । यस माथिको गन्ति चिनीयाँ गन्ति प्रणाली अनुसार अकअक एघार अकअस बाह्र अकसुम तेह्र भन्ने हुन्छ भन्ने बुङवाफोपमा लेखिएको छ । त्यस्तै बार र महिनाको नामावली पनि बुङवाफोप पत्रिकाले प्रकाशित गरेको छ । जे होस यस पत्रिकाले युवा जगतमा भाषा प्रतिको झुकाव बढाएको अनुभूति दिएको छ । साथै २०६५ सालको अन्तिमसम्ममा पुमा शब्दकोश र पुमा व्याकरण र बोलचाल अभ्यासका पुस्तकहरु प्रकाशित हुने तयारीमा छन् । साथै पुमा भाषामै लिखित एक उपन्यास ुयोङयुपचीदोु पनि त्यसैसाथ प्रकाशित हुने तयारीमा छ । आशा गरौं पुमा युवाहरु पनि आफ्नो भाषा संरक्षणमा लागि पर्नेछन् । ४। धर्म धर्ममा पनि पुमा जातिको मौलिकता छ । किरात मुन्दुम धर्मलाई पुमाहरु आफ्नो मौलिक धर्म मान्दछन् । यो धर्म अन्य धर्म भन्दा फरक छ । यस धर्म अन्तर्गत पुमाहरु सुम्निमालाई लक्ष्मी अर्थात धनकी देवी मान्दछन् । त्यस्तै पारुहाङलाई संरक्षणकर्ता मान्दछन् । यसका अलावा पुमाहरु पृथ्वी आकाश हावा पानी चट्याङ वृक्ष नाग आदि प्राकृतिक वस्तुहरुको पूजा अर्चना गर्दछन् । पुमाहरु भूमि धर्ती र आकाश को श्रोतबाटै सम्पूर्ण मानव जीवन सम्भव हुने भएकोले भूमिलाई सर्वोपरी ठान्दछन् । हाल किरात धर्मको नाममा थुप्रै प्रचार भएको पाइन्छ । जुन नयाँ किरात धर्म पुरानो मुन्दुमवादी किरात धर्म भन्दा फरक देखिएको छ । मुन्दुमवादी किरातीहरु हाल बजारमा प्रचार भइरहेको किरात धर्म किरातीको मौलिक धर्म नभएको दाबी गर्दछन् । यस सम्बन्धी दिप्लुङ-७ निगालबासका ङापोङ मुन्दुम गर्न सांस्कृतिक मान्यता पाएको व्यक्ति श्री लालधन राई भन्छन्- ुहाम्रा पूर्खाहरु माछा मासु खाएका थिए । त्यही चिज नखानु भनिन्छ भने त्यो कसरी किरात धर्म भयो त ु यसै सन्दर्भमा दिप्लुङ-७ निगालबासकै बुङ्लुमीबुङपेन्मी मुन्दुम गर्न सांस्कृतिक मान्यता पाएको व्यक्ति श्री गुमानिसं राई बताउछन्- ुहाम्रा पूर्खा गाईको मासु खान्थे । त्यसैले मुन्दुम साम्खा खली गर्दा पोओङसा पोक्पासा गाईगोरुको मासु को नाममा सिद्रा चढाउनु पर्दछ । त्यसैले जुन धर्म किरात धर्म भनी प्रचार गरिन्छ । त्यो किरात मुन्दुम धर्मलाई भ्रमित पार्न कसैले विकसित गर्न खोजेको संस्कार मात्र हो ।ु पुमाहरुको मूलघरमा तीन चुला हुन्छन् । तीन चुलालाई तिनले आफ्ना दिवंगत पितृमातृको प्रतिमाको रुपमा लिन्छन् । उनीहरु चुला पुज्नु आफ्नो मौलिक धर्म मान्दछन् । चुलामा साम्खा खली आदि पुज्छन् । यसलगायतका तिनको धर्मसंस्कृतिलाई पुमा संस्कृतिसँग जोडेर अध्ययन गर्न उचित देखिन्छ । ५। संस्कार पुमाहरुको संस्कार निकै रमाइलो देखिन्छ । त्यसो त प्रकृतिपुजकहरुको संस्कार प्रकृतिसँग मेल खाने नै भयो । त्यसैले प्रकृतिका हरेक मौसम अनुसारको संस्कार तिनले अंगालेका छन् । तिनको संस्कारलाई निम्न तीन खण्डमा बाड्न सकिन्छ ः क। जीवन संस्कार ख। पैतृक संस्कार ग। अन्न भूमि संस्कार क। जीवन संस्कार जन्म देखि मृत्यु सम्मको अवधि भित्र जीवन सम्बन्धी गरिने संस्कारलाई जीवन संस्कार भनिन्छ । पुमाहरुका मौलिक संस्कार छन् । तिनको संस्कार जीवन भोगाइको अनुकुलतास्ाँग मेल खान्छ । ती संस्कारहरु जन्म कुम पास्नी छेवर विबाह मृत्यु हुन् । यहाँ तिनलाई व्याख्या गरिन्छ ः अ। जन्म ः जन्म जीवनको पहिलो खुड्किलो हो । पृथ्वीमा पाइला टेक्नु भन्दा १० महिना अगाडि देखि मानिसको जीवन प्रकृया शुरु हुन्छ । त्यसैले पुमाहरु जन्म प्रकृयालाई शिशु पेटमा भएको समय देखि जोड्छन् । शिशु पेटमा बसेको समय देखि श्रीमान श्रीमतीले हत्या िहंसा लगायतका काटमार कार्य गर्दैनन् । साथै श्रीमान पर्खाल लगाउने आदि कार्य गर्दैनन् भने श्रीमति झुटो बोल्ने खराब चिज हेर्ने आदिबाट टाढा टाढा रहन्छन् । श्रीमतीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखी जटिल कामहरु श्रीमान आफैले गर्दछन् । शिशु जन्मिने दिन गाउँको सुडेनी बोलाउछन् । सुडेनीले शिशु जन्माउने तरिकाहरु आमालाई सिकाउछन् । शिशु जन्मिए पछि उनै सुडेनीको सहयोगमा आमाले शिशुको सालनाल काट्ने र नुहाइदिने कार्य गर्दछ । सालनाललाई ढुङ्ग्रोमा राखेर एकान्त ठाउँको दुधालु वृक्षमा झुण्ड्याउछन् । दुधालु वृक्षमा झुण्ड्याउदा आमा दुधालु हुन्छन् भन्ने पुमाहरु विश्वास गर्दछन् । मातृशिशुलाई कुनामा राखी खाना खुवाईसकेर मात्र सुडेनी फर्कन्छन् । सुडेनीलाई नीज मातृशिशु कुमबाट निस्कदा उसको पास्नी र छेवरमा समेत डाक्ने चलन छ । कुमको खाना शिशुको शिर उभ्याउनीमा काटेको कुखुराको मासु र भात सुत्केरी सुडेनी छोरीमान्छे र दाँत नफुक्लेको छोरामान्छेले माात्र खान मिल्ने सांस्कृ्तिक परम्पर पुमाहरुमा विद्यमान छ । आ। कुम ः शिशुलाई मनतातो पानीले सफा गरेर मातृशिशुलाई घरको न्यानो कुनामा राख्ने चलन छ । यसलाई नै कुम भन्दछन् । कुना सफा र न्यानो साथै हावा ओहोरदोहोर गर्न सक्ने हुनु पर्छ भन्ने विश्वास तिनमा विकसित भएको छ । मातृशिशु कुनामा बस्दा एउटा कुखुराको आवश्यकता पर्दछ । पुमा संस्कार अनुसार शिशु छोरा भए भालेले र छोरी भए पोथीले शिशुको शीर उभ्याउनी गर्दछन् । यसलाई उनीहरु ुहक्माु भन्ने गर्दछन् । मातृशिशु कुनामा बसेको अवस्थामा उनीहरुले आगो पानी लगायत कुनै चिजमा पनि हात लाउन मिल्दैन । र खानापानी लगायत तिनको सम्पूर्ण आवश्यकताका वस्तुहरु घरको कोही सदस्य वा श्रीमानले हेर्ने गर्दछन् । कुममा बसेको अवस्थामा मातृशिशु विरामी परे निकै अप्ठ्यारो पर्दछ । किनकी कुमको अवस्थामा शिशु बाहिर खुल्ला हावामा राख्न हुँदैन भन्ने मान्यता रहेको छ पुमा जातिमा । कुमको अवस्थामा पुमा भित्रको पालुन बाहेक अरु पाछाका धामी र ङापोङ मुन्दुमी उकार गर्न मान्दैनन् । यस अवस्थामा उकार गरे उनीहरुको मन्त्र नलाग्ने र तिनको देवता रिसाउने भन्ने भनाई छ । तर पालुन पाछाका धामी र ङापोङहरु यस अवस्थामा समेत दूरउकार गर्दछन् । दूर उकारको अर्थ सामान्य भन्दा केही परबाट उकार गर्नु भन्ने बुझ्नु पर्दछ । जस्तो विरामी मातृशिशु घरभित्र कुनामा छन् भने धामी या ङापोङले सिकुवामा बसेर नै उकार गर्दछन् । पालुन पाछाका धामी र ङापोङहरु सुत्केरीबाट त्यति टाढा रहनु नपर्नेमा एउटा पुख्यौंली कथन छ । तिनको पूर्खा बौदाप्पा पनि धामी नै थिए । उनले आमाहरुलाई सुत्केरी हुन सहयोग गर्थे भने कुमको भात समेत उनले खान्थे । उनी बारे निकै चाखलाग्दो कथन छ । यो पंक्तिकार यस सम्बन्धी कुनै लेखमा प्रस्तुत गर्ने छ । कुमको समय अवधि ५ देखि ७ दिन भित्रको हुन्छ । विशेष तः शिशुको नाभी झरे पछि मातृशिशु निस्कनु पर्छ भन्ने मान्यता छ । र त्यही नाभीले कुमको समयावधि निर्धारण गर्दछ । शिशुको नाभीलाई सानो टोकरीमा हाली सुरक्षित स्थानमा राख्ने चलन छ । कुमबाट निस्कने क्रममा शिशु छोरा भए हलोजुवा ताछेर र कापीमा कख लेखेर र छोरी भए चर्खाको तानको काइयोँ बनाएर र कापीमा कख लेखेर उसको शीर उभ्याउने गरिन्छ । मातृशिशु कुमबाट निस्कदा सुडेनीलाई डाक्नु पर्दछ । उनले नै मातृशिशुलाई कुमबाट निकाल्ने प्रकि्रया गर्दछन् । सुडेनीको एक बोतल रक्सीले शीर उभ्याउनु पर्दछ । कुमबाट निस्केको दिन गंगाजल या गौतपानीले मातृशिशु चोखिन्छन् । कुमबाट निस्के पछि मातृशिशु बाहिर भित्र गर्न स्वतन्त्र हुन्छन् । यद्यपी शिशु जन्मेको २२ दिन सम्म सुत्केरी अवस्थामै उनीहरु रहन्छन् । उनीहरु २२ दिन पुगेको शुभदिनमा गंगाजल वा गौतपानीले चोखिन्छन् । २२ दिनमा मातृशिशुको सुत्केरी अवस्था समाप्त भई पुरानै अवस्थामा आउछन् । यो दिन देखि सबै प्रकारका चिजहरुबाट सुत्केरी आमा नजिक हुन पाउछन् । खाना पकाउन आगो पानी छुन नहुने प्रतिवन्ध फुकुवा हुन्छ । इ। पास्नी ः पाँच र छ महिनाको बीचमा गरिने एउटा जीवनसंस्कारलाई पास्नी भनिन्छ । पास्नी छोरीको पाँच र छोराको छ महिनामा गर्ने पुमा समुदायमा चलन रहेको छ । यो साइत हेराएर शुभ दिन पारेर गर्दछन् । शुभ साइत हेर्न पुमाहरु सकेसम्म पुमा ज्योतिषीहरुकोमा जान्छन् । पुमा ज्योतिषीहरु नभेटिएमा मात्र ब्राम्हण ज्योतिषीकहाँ जान्छन् । पास्नीमा बच्चालाई नयाँ कपडा लगाई टिका लगाइदिन्छन् । पास्नी भन्दा अगाडि आमाको हातले सिलाएको भोटो मात्र लगाइदिने चलन छ । पास्नी गरे पछि मात्र मेसिनले सिलाएको कपडा बच्चालाई लगाइदिने पुमा समुदायमा चलन रहेको छ । घरपरिवारको सल्लाह अनुसार यस अवसरमा नातागोतालाई निम्त्याउन या ननिम्त्याउन सक्छन् । तर कोही कसैलाई ननिम्त्याए पनि बच्चाको आमा पट्टिको हजुरआमा र सुडेनीलाई भने अनिवार्य रुपमा निम्त्याउने चलन यस समुदायमा छ । समयको क्रमसँगै पास्नी लगायत अन्य सांस्कृतिक पर्वहरु कम खर्चमा सम्पन्न गर्ने बानी पुमा समुदायमा पनि विकास भएको देखिन्छ । ई। छेवर ः पुमा संस्कृति अनुसार कोही व्यक्ति मानिसको संस्कारमा प्रवेश गर्ने रीतलाई छेवर भन्ने चलन छ । छेवर गर्नु पूर्व सो व्यक्ति मानवको संस्कारमा प्रवेश नगरेको अवस्था मान्दछन् पुमाहरु । यसर्थमा छेवर नगरी सो व्यक्तिको विवाह हुन सक्दैन । त्यसैले पुमा समुदायको लागि छेवर एकदम महत्वपूर्ण संस्कार हो । जसरी पास्नी छोरी भए पाँच र छोरा भए छ महिनामा गर्दछन् । त्यसैगरी छेवर पनि छोरी भए पाँच र छोरा भए छ वर्षमा गर्ने चलन छ । छेवरको साइत पुमा ज्योतिषीले नै जुराउदछन् । पुमा ज्योतिषी नभए मात्र ब्राम्हण ज्योतिषीको प्रयोग गर्दछन् पुमाहरु । छेवरमा छोरीलाई भए गुन्युचोली र छोरालाई भए दौरासुरुवाल लगाइदिइ टिका लागाइदिन्छन् । पास्नीमा जस्तै परिवारको इच्छा अनुसार नरनाता बोलाई धुमधामसँग या एकदुई जना छिमेकी बोलाई मात्र पनि गर्दछन् । आर्थिक मितव्ययिताका लागि कम र अति निकटतम नातेदार मात्रै बोलाउने चलन यी समुदायमा विकसित भएको देखिन्छ । उ। विबाह ः एकल जीवनलाई युगल बनाउने प्रकि्रयालाई विबाह भनिन्छ । पुमा समुदायमा मात्रै होइन मानव जीवनमा यसको धेरै ठूलो महत्व छ । यसलाई जीवनको एक अर्को नयाँ अध्याय भन्ने गरेको पाइन्छ पुमा समुदायमा । किनकी विबाह पश्चातको जीवन एकल निर्देशनमा चल्दैन । दुई जनाको सहमतिमा मात्रै विबाह पछिको कि्रयाकलापहरु अगाडि बढ्न सक्छन् । यस अर्थमा विबाहलाई पुमा समुदाय बृहत महत्वका साथ हेर्दछन् । विबाह गर्ने निश्चित सांस्कृतिक अवधि हुदैन । तर पुमा समुदायमा १५ वर्ष देखि २८ वर्ष सम्ममा विबाह गराईसक्ने चलन विद्यमान छ । तिनमा छोराले कुटुम्बको छोरी ल्याइ घरजम गर्नु पर्दछ । यसरी विबाह गर्दा यस समुदायमा दाइजोको रुपमा छोरीले माइतबाट कर्मघरमा केही सम्पत्ति लानु मनाही छ । दाइजो जस्तो कुसंस्कारलाई पुमा समुदायले अंगालेका छैनन् । यो तिनको सकारात्मक पक्ष हो । तर बसाइँ सराइँ गरी सहरको परिवेशमा फसेका पुमाहरु भने देखासिकीको रुपमा छोरीको विबाहमा केही चिज दिने चलन देखिएको छ । यो नकारात्मक चलनलाई पुमाहरु आफ्नो संस्कार मान्दैनन् । यस सम्बन्धमा प्रतिकि्रया दिदै बेल्टार-१ उदयपुरका ईन्द्रजीत पुमा राई भन्छन् ुअर्काको छोरी नै ल्याए पछि सम्पत्तिको किन लोभ गर्नु पर् यो । अर्काको छोरी नै सम्पूर्ण हो । वर्षौ सम्म हुर्काइ बढाई पढाई गरेको छोरी लिएदिए पछि दाइजोको रुपमा सम्पत्ति लिनु पनि हुन्न र दिनु पनि हुन्न ।ु यसरी पुमा समुदायमा दाइजोको चलन नरहेको पुमा बुढापाकाहरु बताउदछन् । पुमा समुदायमा पहिले तानी विबाह कुटुम्बलाई मन परेको छोरीचेली तानेर लाने को चलन भए पनि सो विबाह प्रकि्रया विकसित अवस्थामा लोप भएको छ । यस तानी विबाह अनुसार केटी तानेर ल्याएको एक हप्तादिन विते पछि सो विबाह औपचारिक रुपमा प्रमाणित हुन्थ्यो । केटा मन नपरेको अवस्थामा यस अवधिभित्र केटीले जे पनि गर्न सक्ने नियम थियो । प्रतिकारको लागि केटालाई चोटपटक लाउन या भागेर माइत आउने अधिकार केटीमा निहित हुन्थ्यो । तर समयको क्रमसँगै पुमाहरुले यस चलनलाई खराब प्रमाणित गरे । हाल यस समुदायमा यसको नाम निशान समेत भेटिन्न । यो त केवल लोककथाको रुपमा मात्र सुन्न सकिन्छ । आजको समयमा पुमा समुदायमा तीन प्रकारको विबाह प्रचलित छन्- मागी विबाह चोरी विबाह र प्रेम विबाह । यिनको यहाँ विश्लेषण गरिएको छ । मागी विबाह पुमा समुदायमा मागी विबाह पहिलेको बहुप्रचलित चलन हो । यो विबाह अभिभावक र विबाह गर्ने व्यक्ति दुवैको लागि उपयुक्त हुन्छ । विबाहको लागि केटापक्षले कलियाको हात लिन अनिवार्य हुन्छ । त्यसको लागि मूल कलियालाई एक बोतल या एक चिण्डो रक्सीले उनको शीर उभ्याई अनुरोध गर्नु पर्दछ । यस विबाह अनुसार केटा पक्षबाट केटी पक्षमा कलिया पठाउछन् । कलियाको साथमा केटा पनि जान्छ । केटीको घर जाँदा २ वटा चिण्डोमा रक्सी सोधनी र बोलबन्दा लगेर कलियाहरु जान्छन् । कलियाहरुले केटीको अभिभावकसँग कुरा राखे पछि उनले आफ्ना दाजुभाइलाई बोलाउछन् र सो जानकारी दिन्छन् । उनीहरुले कुटुम्बलाई केटी दिने या नदिने भन्न्ो सल्लाह र सुझाव केटीको अभिभावक गाजीहोङ्पा लाई दिन्छन् । र केटी कुटुम्बलाई दिने या नदिने भन्ने अन्तिम निर्णय केटीको अभिभावकले दिनुपर्दछ । अभिभावकले आज सकारात्मक भए सामान्यत केटा र केटी मनपरापर भए केटी दिने भन्ने निर्णय दिन्छन् । र केटा र केटी बीच त्यही या एकान्त कोठामा कुराकानी गराउछन् । कुराकानी पछि केटी सहमत भए कुरा सजिलै अगाडि बढ्न सक्छ । केटी दोधारोमा परेको बेला केटा पक्षको बारेमा केटा पक्षका कलिया र केटीको अभिभावकलाई केटा असल र योग्य लागेमा छोरीलाई सो कुरा बुझाउछन् । केटीलाई तिनको सल्लाह स्वीकार भए सकारात्मक उत्तर दिन्छिन् । मागी विबाहमा उत्तर एक शव्दको या विना शव्दको संकेत मात्र पनि हुन सक्छ । छोरीको सानो संकेतबाट अभिभावकले स्पष्ट कुरा बुझ्नु पर्ने हुन्छ । यसरी छोरीले स्वीकारोक्ति या संकेत दिए पछि गाजीहोङपा छोरीको अभिभावक ले कुरा छिनाउछ । तर कुरा नाम र राशवर्गमा अड्ििकन्छ । नाम र राशवर्ग मिले कुरा पक्का भयो भन्ने शर्तमा कुरा टुङ्ग्याउछन् । समय रहे या नजिकै ज्योतिषी रहे त्यसैदिन या अर्को दिन नै राशवर्ग हेर्छन् । पुमाहरु यसको निम्ति पनि पुमा ज्योतिषीकै उपयोग गरेको देखिन्छ । त्यसपछि मात्र अघि कलियाहरुले ल्याएको २ चिण्डो रक्सी खासङमा र बोलबन्दा केटी पक्ष समक्ष रीतपूर्वक राख्छन् । र सबै दरदाजुभाइ मिलेर खान्छन् । कुरा नमिलेमा अर्थात केटी नमानेमा सो रक्सी केटी पक्षले खान मिल्दैन । त्यस पछि पुमा संस्कार अनुसार धेरै पटक रक्सीको रीत पुर् याउनु पर्छ । यस प्रकि्रयालाई पुमाहरु ुचाक्मा÷चाकु भन्दछन् । यो चाक्मा एक वर्ष देखि तीन वर्ष सम्म लम्विन सक्छ । तर यो समयावधि हाल छोटिएको पाइन्छ । हरेक ुचाकु मा सरदर ८ देखि १२ चिण्डो रक्सी केटा पक्षले केटी पक्षलाई बुझाउनु पर्दछ । ती चिण्डो मध्ये हरेक चिण्डोको बेग्ला बेग्लै नाम र शीर्षक हुन्छ । जस्तो पहिलो ुचाकुमा केटी पक्षको कलिया लिने एक चिण्डो गाजीहोङ्पा छोरीको अभिभावक भेट्ने एक चिण्डो दक्छा दाजुभाइ भेट्ने एक चिण्डो इत्यादि गरेर ८ देखि १२ चिण्डो सम्म पुग्छ । यसकार्यमा पुमाहरु बिजोरी चिण्डो बोक्न हुन्न भन्ने मान्यता राख्दछन् । त्यसैले हरेक शिर्षकको छुट्याइसक्दा चिण्डोको संख्या बेजोरी हुन पुगे ुलाम्वाु ले त्यसलाई जोरी बनाउने गर्दछन् । यसरी चिण्डो लाने क्रममा केटीपक्षको रीतलाई केटा पक्षले अनुसरण गर्दछन् । दुवै पक्षको सल्लाह अनुसार ुचाकु वर्षको २ या ४ पटक राखेका हुन्छन् । त्यही शर्त अनुसार उनीहरु चल्दछन् । ुचाकु मध्येको अन्तिम ुचाकु विबाहको दिन लान्छन् । अन्तिम ुचाकु सँगै विबाहको मुख्य प्रकि्रया शुरु हुन्छ । बेहुलाको घरमा बाजा गाजा बजाउने बोलाउछन् । तिनको टोलीले बाजागाजा बजाउछन् र टोली नेताले बेहुलाको कपडा खोलेर साइत फुकाउछ । त्यो भन्दा अगाडि अरु कार्यक्रममा जस्तै पुमाहरु आफ्ना स्थानीय देवी होङ्मादेवीको नाममा विबाह भाग कपडाको धागो दही आदि चढाउछन् । साइत फुके पछि बेहुला सिङ्गार्छन् । बेहुला र उसको साथेलाई टिको र सगुन स्वरुप दही रोटी ख्वाएर जन्ती प्रस्थान गर्छन् । जन्ती जाने क्रममा सबभन्दा अगाडि दुवै कलियाहरु तिनको पछि बाजागाजा बजाउनेहरु तिनको पछि बेहुला र साथे त्यसपछि बाँकी सबै जन्ती लाम लाग्छन् । जन्ती अगाडि बढ्ने क्रममा बाटोमा सनाही दमाहा ट्याम्कुलो निरन्तर अविच्छिन्न बजीरहन्छन् भने नरीसिङग डाडा थुम्को आदि ठाउँमा रन्किने गरी बजाउछन् । बेहुलीको घरमा पुग्दा बेहुलीको घर छेवैमा जन्ती बस्ने शितल माच बनाएका हुन्छन् । त्यसलाई ुबुङ्सङु भन्दछन् । जन्ती त्यही बुङसङमा बस्छ । कोङ्पीकलिया हरु बेहुलीको घरमा जान्छन् र रीत बुझाउछन् । यो अन्तिम रीतमा सम्भवतः विहेका सबै रीतहरु सक्ने परम्परा पुमा जातिमा छ । यस रीतमा अन्तिम चाक स्वरुप चिण्डोहरुमा रक्सी र पुमा जातिको विहेको अन्तिम रीत मानिने ुबुलु बटुको पनि लगेका हुन्छन् । साथै उनीहरुले बेहुलीको लागि ल्याएको कपडा गहना पनि बुझाउछन् । जन्ती बेहुलीको घरमा पुगेको बेलुका सदा जस्तै अन्तिम चाक स्वरुप गएको रीत रक्सी पितृचुलोमा चढाए पछि बाडेर पिउछन् । सो बेलुका रात बेहुलीको घरमा निकै रमाइलो हुन्छ । सबैजना रमझममा मस्त हुन्छन् । बुलुबटुको बेहुलाको घरबाट निकाल्दा आन्मा पुमा ङापोङ या धामीको आवश्यकता पर्दछ । उनले पितृ चुलामा मातृपितृहरुलाई फलाकेर बुलु बाहिर निकाल्छन् । उसैगरी बेहुलीको घरमा पनि सो बुलु लिने क्रममा ङापोङ या धामीले पितृचुलोमा फलाक्नु पर्दछ । यो कार्य जन्ती बेहुली लिएर बेहुलाको घर फर्किने दिन बिहान हुन्छ । सो बुलु लिने क्रमसँगै पुमा संस्कार अनुसार सो घरको चुलोबाट चेली बेहुली लाई निकालिन्छ । पितृहरुलाई ुतिमीहरुको छोरी नातिनी ठूली भइछे कुटुम्ब आए । कुटुम्बको घर जाँदा तिमीहरुले चित्त दुखाउने हैन हैु भन्ने अर्थमा ङापोङ या धामीले मुन्दुम फलाक्दै चुलोबाट सो बेहुलीलाई निकाल्छन् । बुलु दिनु र लिनुको लागि एउटा÷एउटा कुखुरा पनि पितृलाई चढाउछन् । बेहुलीको घरमा बुलु लिने क्रममा चढाएको कुखुरा बेहुली पक्षको कोङपी कलिया ले बेहुला पक्षको कोङपीको हात लगाउछन् । सो कुखुरा हात लगाउने क्रम पनि निकै रमाइलो हुन्छ । बेहुली पक्षको कोङपीले भन्छन्- ुलहै कुटुम्बहरु हो तपाईहरुले के नै पो पार्छौं भनेर यत्रो दिनसम्म धाइराख्नु भएको थियो । लहै यो एउटा ुबाक्चाक्वाु पुमा संस्कार सम्बन्धी लोकचरीको नाम पो पार्नु भएछ लहै लानुहोस् है ।ु बेहुला पक्षको कोङपीहरुले सो कुखुरा जन्ती फर्कने क्रमसँगै बोकेर ल्याउछन् र बाटोमा केही वर आइपुगे पछि उनीहरुले पोलेर खानुपर्दछ । ुबुलु ही लेमाु बुलु लिने कार्य सँगै बेहुलीलाई माइतबाट अन्माउछन् । र जन्ती बेहुलाको घर तर्फ बेहुली लिएर फर्किन्छ । जन्ती बेहुलाको घरमा पुग्छ । ुलामतुम्पाु बेहुलाको चेलीको हातको परिकार माइत÷रक्सी रोटी जन्तीले खान्छ । लामतुम्पा आधा बाटोमा राख्नु पर्ने हो । तर घरको आँगनमै सो रीत निकाल्दा पनि केही फरक पर्दैन । लामतुम्पा सँगै बेहुलाबेहुलीलाई आँगनमा राखेर सघाउनी ुसाङ्चेपु लिनेको भाग रोटी रक्सी लगायतको रीत त हुन्छ नै । तर त्यसको अलावा बेहुलीलाई भित्र्याउनु यस दिनको मुख्य कार्य हो । बेहुलीलाई भित्र्याउने क्रममा पनि पुमा ङापोङ या धामी चाहिन्छ । उनले पितृचुलोमा मुन्दुम फलाके पछि बेहुली भित्र्याउने समय हुन्छ । भित्र्याउने क्रममा बेहुलीको सासु सासु नभए जेठानी दिदीले मूलढोकाको भित्र पट्टिबाट सुम्निमा खुर्पी दिई बेहुलीको हात समातेर तान्नु पर्दछ । बेहुलीले भने भित्र पस्ने क्रममा मूलढोकाको सँघारमा राखिएको दुवै पट्टिको पानी अच्याउनु पर्दछ । र सासु या जेठानी दिदीले दिएको सुम्निमा खुर्पीले साँघार ठुंगी भित्र पस्नु पर्दछ । भित्र पसे पछि बेहुलाबेहुलीलाई अग्रजहरु जोडी जोडी बनी सबैले टीका लगाइदिन्छन् । बेहुलाबेहुलीलाई सबै मान्यजन दरदाजुभाइले टिका लगाइ दिइसके पछि विबाहको सम्पूर्ण सांस्कृतिक रीत पुरा हुन्छ । भित्र बेहुलाबेहुलीलाई टिका लगाईदिने समयमा नै बाहिर साङ्चेप सघाउनी जम्मा हुदै गरेका हुन्छन् । आफ्नो क्षमता र इच्छा अनुसारको साङ्चेप गर्ने चलन पुमा समुदायमा रही आएको छ । उता भतेरमा खट्ने खाना पकाउने पानी भर्ने लाई रीत पूर्वक एक बोतल या एक चिण्डो रक्सी साथमा रोटी र मासुले शीर उभ्याई भतेरमा खाना फुकाउनु पर्दछ । यो कार्य विहान केही भान खाना पाके पछि गरिन्छ । बेहुलाबेहुलीलाई टिका लगाइदिइसके पछि जन्ती लगायत निम्तालुहरुलाई भतेरमा पकाएको खाना खुवाउन बसाउछन् । खाना खान सबैजनालाई बसाएर सबैतिर भात तरकारी मासु अचार दाल सबै उपलब्ध चिजको एकफेरो पुगे पछि मात्र ुहात छोड्नेु अनुमति बुढापाकाले दिन्छन् । त्यसपछि बेहुलाबेहुलीले सबभन्दा पहिले खाए हात छोडे पछि सबैजनाले आफ्नो भरपेट खाना खान्छन् । खान सँगै शुरु गरे पनि उठ्ने बेलामा सँगै उठ्नु पर्छ भन्ने चलन पुमा समुदायमा छैन । यसरी सबैजनाले विहेका खाना खाए पछि उनीहरु आ-आफ्नो घरतिर लाग्छन् । टाढाका निम्तालुहरु भने अर्कोदिन या केहिदिन पछि मात्र फर्किन्छन् ।यसरी मागी विबाह सम्पन्न हुन्छ । यस प्रस्तुतीमा मागी विबालाई एकदम संक्षिप्त रुपमा राखिएको छ । यसलाई विस्तृत रुपमा राख्दा लेख धेरै लामो हुने हुनाले यस लेखमा मागी विबाहको विस्तारित प्रक्रया राख्न सकिएन । यसको लागि यस पंक्तिकार क्षमा माग्दै आगामी लेखहरुमा पाठकवृन्दलाई विस्तृत जानकारी दिइने छ । चोरी विबाह सामान्यतः लामो समय सम्म ुचाकु नपुर् याई र बाजागाजा विनाको जन्तीले बेहुली लगेर बेहुलाको घरमा भित्र्याउने विबाहलाई चोरी विबाह भन्दछन् । यो विबाह मागी विबाहसँग करीब मेल खान पुग्छ । यसको बारेमा संक्षिप्त व्याख्या यहाँ प्रस्तुत गरिन्छ । मागी विबाहमा जस्तै चोरी विबाहमा पनि केटा पक्षबाट केटी पक्षमा केटीको हात माँग्नु पर्दछ । शुरुमा विबाह गर्ने घरको अभिभावक या केटा आफैले कलियालाई हात लिन एक बोतल या एक चिण्डो रक्सी लगी मूल कलियाको घर गई उनको शीर उभ्याउनु पर्दछ । कलिया आफैले एकजना साथी खोज्न सक्छ या केटा पक्षले नै तोक्न पनि सक्छन् । उनीहरु खासङ्मा र बोलबन्दा गरी २ चिण्डो रक्सी बोकी कुटुम्बको घर जान्छन् । मागी विबाहमा जस्तै केटीको घरको अभिभावकले दाजुभाइलाई बोलाई निर्णय दिन भन्छन् । तर अन्तिम निर्णय केटीको हातमा हुन्छ । केटीले स्वीकार गरेको खण्डमा विबाहको प्रकि्रया अगाडि बढ्छ । यसक्रममा केटा र केटीको राशवर्ग मिलाउने कार्य हुन्छ । त्यसपछि मागी विबाहमा जस्तो धेरै पटक ुचाकु नगरी छिटो मिठो विबाह सम्पन्न गर्न तिर प्रकि्रया उन्मुख हुन्छ । विबाहको साइत एक दिन देखि केहि महिना सम्म पछिको हुन सक्छ । मागी विबाहमा जस्ते कलियाहरुले धेरै पटक चाक पुर् याइराख्नु पर्दैन । एकै चोटी केटी लिन गएको दिन नै सम्पूर्ण चाकको सट्टा रक्सी लाने गर्दछन् चोरी विबाहमा । विबाहको साइत जुरेको दिन केटा पक्षबाट विना बाजागाजाको ४ देखि १६ जना सम्मको बेहुला र कलियाहरु सहितको समूह बेहुली लिन कुटुम्बको घर पुग्छन् । जन्तीले बाजागाजा नबजाउनु र जन्ती कुटुम्बको घरमा राती नबसी त्यही दिन बेहुली लिएर आउने प्रकि्रया नै चोरी विबाहको प्रमुख विशेषता हो । जन्तीको समूहमा कलियाहरु २ जना बेहुला र उसको साथे लगायत अरु केही व्यक्ति समेत जान सक्छन् । कलियाले एक चाक बराबरको रक्सी ८ देखि १२ चिण्डो बोकेका हुन्छन् । सो रक्सीको रीत बेहुलीको घरमा बुझ्दछन् । ङापोङ या धामीले सो रीत पितृचुलोमा पितृहरुलाई देखाउछन् । अनि बेहुली पक्षका सबै दरदाजुभाइ मिली पिउछन् । यस पछि बेहुलाको साथमा बेहुली लगाइदिन्छन् । बेहुलीको साथमा उसको साथे र एकजना कुटुनी पनि हुन्छ । यसरी बेहुली लिएर बेहुलाको समूह फर्किन्छ । त्यस दिन बेहुलीलाई बेहुलाको घरभित्र नलाने चलन छ । भित्र लगे पनि मूलढोकाबाट नभई जस्केलोबाट भित्र लाने गरेको पाइन्छ चोरी विबाहमा । त्यसरात बेहुली साथे र कुटुनी बेहुलाको घरको मतान या नजिकैको छिमेकीको घरमा बस्नुपर्दछ । अर्को दिन विहानै देखि बेहुली भित्र्याउने प्रकि्रया शुरु हुन्छ । बेहुलीलाई राती बसेको घर छिमेकीको घर या केही पर िसंगार्दछन् । बेहुलाको जन्ती बेहुली लिन त्यही पुग्दछ । र अभिभावकको रुची अनुसार बाजागाजा सहित या विना बाजागाजा नै पनि यो प्रकि्रया पुरा गर्न सक्छन् पुमाहरु । यसपछि बेहुली भित्र्याउने सम्पूर्ण प्रकि्रया मागी विबाहको जस्तै हुन्छ । त्यसको भोलिपल्ट बेहुलाबेहुली कलिया र केही अरु व्यक्ति गरी २०-२५ जनाको समूह बेहुलीको माइत जान्छन् । र बेहुलीको माइतमा टिकाटालोको कार्यक्रम हुन्छ । बेहुलीको अभिभावकले नलनाता दाजुभाइ लगायतकालाई निम्तो गरेको हुन्छ । र सबैलाई विहेको भोज खुवाउने चलन रहेको छ । यसको भोलिपल्ट बेहुलाबेहुली सहित कलियाहरु फर्किन्छन् । यसको जोरी लाउन केहि दिनमा बेहुला र बेहुली एकपटक फेरि बेहुलाको ससुरालीमा भेटघाट गरेर आउनु पर्ने रीत छ । पुमा समुदायमा विबाहको अन्तिम र मुख्य रीत बुलु भने चोरी विबाह भए केहि दिन महिना या केही वर्ष पछि मात्र बुझाउने गरेको पाइन्छ । बुलु लिनेदिने काम सम्पन्न भए पछि पुमा समुदायमा विबाह प्रकि्रया पुरा भएको मान्दछन् । प्रेम विबाह केटा र केटी एकआपसमा सहमत भई स्वेच्छिक तरीकाले गरेको विबाहलाई प्रेम विबाह भनिन्छ । हाल यस प्रकारको विबाह पुमा समुदायमा पनि फस्टाएको पाइन्छ । विशेषगरी विद्यालय र क्याम्पस स्तरका विद्यार्थी या कुनै माध्यमबाट परिचित भई केटा र केटीको सम्बन्ध विस्तार हुन्छ । विस्तार उनीहरुको मित्रवत नाता नजिकिन जान्छ । यसक्रममा उनीहरु एकआपसमा माया साटासाट गरेको अनुभूति गर्दछन् । यति सम्म कि उनीहरुको सबभन्दा पि्रय र महङ्गो बस्तु आफूहरु मात्रै हो भन्ने सम्झन पुग्दछन् । र अन्तमा कुनै संस्कृति या परम्पराको ख्याल नगरी उनीहरु आपसमा विबाह गर्ने निर्णय सम्म गर्न पुग्छन् । प्रेम विबाहमा दुवै पक्षको अभिभावक प्राय सहमत भएको पाइदैन । किन की प्रेम गर्दा प्रेमीप्रेमीकाले आफ्नो जात र संस्कारलाई वास्ता गरेका हुदैनन् । यो नै अभिभावकले स्वीकार्न नसक्ने प्रमुख कारण हो । पुमा समुदायमा यदि प्रेम स्वजातिय र कुटुम्बेली भित्रै भएको छ भने यसलाई अभिभावकले सहर्ष स्वीकार्ने गरेका छन् । यस्तो प्रेमलाई आजका सचेत अभिभावकले मागी विबाह या चोरी विबाहमा परिणत गरीदिने चलन बढेको छ यस समुदायमा । तर अन्तरजातिय र हाडनाता पर्ने बीचको प्रेम सम्बन्धलाई भने अभिभावकले स्वीकार्न सकेको छैन । अभिभावकले स्वीकारे पनि आफ्नो समुदायले यस प्रकारको प्रेम सम्बन्धलाई मागी या चोरी विबाहमा परिणत गर्न सक्दैनन् । जसका कारण ती प्रेमीप्रेमिका गाउँ र समाजलाई त्यागेर टाढा गएर बस्नु पर्ने हुन्छ जहाँ आफ्नो समुदाय र चिनजानको व्यक्ति कोही पनि नहोस् । प्रेम विबाह पुमा समुदायमा निकै फस्टाएको देखिन्छ । स्वजातिय र कुटुम्बेली प्रेमविबाहलाई केटा र केटी दुवै पक्षको परिवार र समुदायले सकारात्मक रुपमा लिएको पाइन्छ । यसले गर्दा पुमा समुदायका युवायुवतीले प्रेम गर्दा स्वजातिय र कुटुम्बेली हेरेर प्रेम गर्नु पर्ने समय आएको छ । यसले गर्दा यस समुदायले आफ्नो संस्कृति र परम्परालाई बचाइराख्न सहज वातावरण मिल्दछ । आजका युवायुवतीले सोच्नु पर्छ कि अन्तरजातिय र अकुटुम्बेली विबाह गर्दा आधुनिक व्यक्ति बनिने होइन । बरु आफ्नै समुदायको कहिल्यै निको नहुने आलो घाउ बन्नु पर्दछ । ऊ। मृत्यु ः भौतिक शरीरबाट आत्मा प्राणपखेरु उडेर गइ श्वासप्रश्वास प्रकि्रया बन्द हुनुलाई मृत्युको संज्ञा दिइन्छ । मृत्यु पश्चातको पुमा संस्कार नौलो देखिन्छ । यस समुदायमा कालले मरेको र अकालमा मरेकोलाई बेग्लाबेग्लै प्रकि्रयाबाट मृत्युसंस्कार गर्दछन् । यस समुदायमा सामान्य विमारबाट भएको मृत्युलाई काल र लडेर झुण्डेर या चोटपटक लागी मरेकोलाई अकाल मृत्यु भन्दछन् । र त्यही अनुसार कि्रयाकर्म पनि पुरा गर्दछन् । कुनै परिवारमा व्यक्तिको मृत्यु भए पछि सबै दाजुभाइ छिमेकी र गाउँले भेला हुन्छन् । एक या दुई जना कात्रो कपडा लिन बजार जान्छन् । कात्रो ल्याइपुर् याए पछि त्यसले लासलाई बेर्छन् र बाँसको गरालो बनाई त्यसमा बाध्छन् । त्यस कात्रोका केही टुक्राको छाता बनाउछन् । एउटा सानो हाडीमा चोखो भात पकाउछन् । बाँसका दुईवटा उल्टो ढुङ्ग्रोहरु बनाई पानी भर्छन् । यसरी मृत्यु हुँदा आवश्यक सामग्रीहरु कात्रो बाँस बाँसको उल्टो ढुङ्ग्रो हाडीमा पकाएको चोखो भात चाछिवा एउटा अगुल्टो कात्रोले बनाएको छाता हुन् । मलामी जाने क्रममा सबभन्दा पहिले एकजना अगुल्टो बोकेर अघि लाग्छन् । उसका पछि पछि एकजना उल्टो ढुङ्ग्रो र एकजना छाता बोक्ने हुन्छन् । तिनको पछि पछि लासलाई बोक्छन् । लासको पछाडि बाँकी मलामीहरु हुन्छन् । मलामी जाँदा जोरी भएर जानु पर्छ भन्ने पुमाहरु मान्यता राख्दछन् । लास उठाउनु भन्दा पहिले लासको छेउमा हाडीको चोखो भात परिवारका सदस्यले देब्रे हातले मृत व्यक्तिलाई दिएको जस्तो गर्छन् । यो सबैले तीन तीन पटक दाबिलोले उघाउदै दिन्छन् । यद्यपी त्यो भातले लासलाई छुन हुन्न । व्यक्तिको मृत्यु भए पछि लासलाई कुखुरा विरालो जस्ता जनावर लगायत अजातले पनि छुनु हुन्न भन्ने संस्कार रहेको पुमाहरु बताउछन् । लासलाई नीजि जग्गामा लगी गाडीदिन्छन् । लास बोक्ने बाँस फुटाई घर बनाइदिन्छन् । छानामा त्यही कपडाले छाउछन् । पुमा समुदायमा जम्मा तीन दिन जुठो बार्छन् । यसक्रममा उनीहरु नुनतेल आदि चिजहरु छुदैनन् र खादैनन् । मृत्युको पहिलो दिन सुख्खा भुटेको मकै खान्छन् भने अर्को दिन देखि नुन तेल नलगाएको सादा खाना खान मिल्छ । मृत्यु भएको तीन दिनको विहान अर्को पाछाको व्यक्तिले मृतकको दाजुभाइ जो जो जुठो बारेका हुन्छन् तिनलाई नुनतेल छुवाई जुठो फुकाउछन् । जुठो फुकाउन दाजुभाइको घरबाट एकएक जना मृतकको घरमा नुनतेल छुन जान्छन् । त्यसको केहि दिनमा मृतकको कि्रयाकर्म गर्छन् । कि्रयामा मलामी जाने सम्पूर्णलाई बोलाई खाना खुवाउने गर्छन् । कोही मलामी छुटे मृतकलाई भाडा लाग्ने र आफ्नो बाटे पहिल्याउन सक्दैन भन्ने मान्यता पुमाहरु राख्दछन् । कि्रयाकर्म गर्न मृतको दाजुभाइ भन्दा अर्को पाछाको धामी चाहिन्छ । यो दिन घर उल्टो लिप्छन् । अरु बेला घर लिप्दा सिकुवा बाट भित्र लिप्दै लान्छन् भने त्यसदिन घरको कुनाबाट शुरु गरी बाहिर तिर निकाल्छन् । विहान धामीले कि्रयाकर्म गर्छन् भने बेलुका चिन्ता बस्छ । यसलाई घर सफा गर्ने भन्ने नाम दिन्छन् । पुमा संस्कारमा समान्य रुपले मृत्यु भएको भए मात्र मृत व्यक्ति कुलपितृमा जान्छ । यसाको अलावा पितृमा जाने अरु आधारहरु पनि चाहिन्छन् । ति हुन्- छेवर भइसकेको थुकुक्पा कुलपितृमूली भएको स्त्री भए महिनावारी रोकिसकेको र मृत्यु हुने वखत केही चोटपटक नलागेको हुनु पर्दछ । यी आधारहरु नभएको मृत व्यक्ति कुलपितृमा जादैन । तिनीहरु हिमामामोङ समूहमा जान्छन् । कुलपितृमा जानेलाई साम्खा खली आदि गर्दा नाम बोलाई खाना पानी दिन्छन् भने हिमामामोङमा जानेको काजकि्रया गरे पछि सम्पूर्ण संस्कार पुरा भएको मान्दछन् पुमा जातिहरु । कूलपितृमा गएको भए सामान्य धामी बसेर काजकि्रया गर्छन् भने हिमामामोङमा गएको भए काजकि्रया गर्ने धामी उसको घरबाटै धामी बस्दै बाटैभरी पनि धामी बस्दै आफ्नो शक्ति प्रदर्शन गर्दै आउनु पर्दछ । र यस प्रकारले घर सफा गर्ने कार्यलाई मामोङ सेत्मा मामोङ मार्ने भन्ने नाम दिन्छन् । यस पछि हिमामामोङमा जाने मृत व्यक्तिको नाम सदाका लागि हराउन पुग्छ । जबकी कुलपितृमा जानेको नाम कुलपितृ नामावलीमा राखिएको हुन्छ । कम्तिमा वर्षमा दुई पटक साम्खा गर्दा तिनको नाम बोलाउने गर्छन् धामी या ङापोङले । काजकि्रया गर्दाको रमाइलो पक्ष त धामीले झार्ने चाप हो । यस अनुसार मृत व्यक्तिले कुन चोला फेरेको हो त्यही जीव धामीले चाप स्वरुप झार्दछ । चाप झार्ने क्रममा धामीले किरा-फट्याङ्ग्रा आदि झार्ने गर्दछ । र मृत व्यक्तिले सोही जुनी लिएको मान्यता पुमा जातिहरु राख्दछन् । अझ अर्को पक्ष मृत्यु भएको दिन त्यस घरको मूल ढोका अगाडि खरानी विछ्याइ डोकोले छोपेर राती छोड्ने चलन छ । विहान उठेर हेर्दा खरानीमा जुन जीवको पादस्वरुप पाइला हुन्छ उसले सोही जुनी लिएको मान्यता राख्दछन् । यसरी पुमा जातिमा कसैको मृत्यु भनेको उसको समाप्ती नभइ अर्को जुनीका लागि स्वरुप परिवर्तन गरेको हो भन्ने मान्यता राख्दछन् । केही जुनी पश्चात फेरि मानव जुनीमा फर्कन सकिन्छ भन्ने मान्यता पुमाहरु राख्दछन् । ख। पैतृक संस्कार मृतआत्माहरुलाई समय समयमा सम्झी खानापानी दिने संस्कारलाई पुमा जातिहरु पैतृक संस्कार भन्दछन् । पुमाहरु पैतृक संस्कार अन्तर्गत साम्खा खली मोङहीम आदि पुज्दछन् । तिनको संक्षिप्त व्याख्या यहाँ प्रस्तुत गरिन्छ । अ। साम्खा ुसाम्खा पुमा राईहरुको एक महत्वपूर्ण पितृपूजा हो । यो वर्षको २ पटक अनिवार्य रुपमा पुज्नु पर्छ । यसको अलावा घर परिवारमा केही शुभ कार्यहरु जस्तैः बिवाह गरेपछि पनि साम्खा पुज्न अनिवार्य हुन्छ । शुभकार्य मात्र होइन घरपरिवारमा अशुभ लक्षणहरु देखा परे पनि ती अशुभ तत्वहरुबाट छुटकारा पाउनको निम्ति साम्खाको माध्यमबाट पितृहरु समक्ष बल शक्ति माग्ने र गल्तिप्रति क्षमा याचना गर्ने गर्छन् पुमा राईहरु- सोही ठाउँका अर्का बुङ्लुमी-बुङ्पेन्मी मनकुमार राई बताउँछन् । उनी अगाडि भन्छन्-ुसाम्खा पुज्न केराको पात सोलोन्वा चिण्डो लापलावा गाईको मासुको नाममा सिद्रा दुई माना चोखो चामल एकमाना चामलको फालामरोङ चोखोभात आदि जस्ता सामग्रीहरुको आवश्यकता पर्छ साथमा एउटा पोथी पनि । चोखो चामल आफ्नै घरको चोखो ओखलीमा कुटेको हुनु पर्ने मान्यता रहीआए पनि समयको क्रमसँगै बजारमा किनेको चामल पनि प्रयाग गर्ने गरीन्छ । तर त्यो चामल पनि आफ्नो घरको चोखो ओखलीमा केहीबेर कुटेर सफा पारेर मात्र चलाउनु पर्छ ।ु साम्खा पुज्ने क्रममा पितृमातृ नामहरु ङापोङले फलाक्छन् । पोथी चढाउनु अगाडि एकपटक र पछाडि एकपटक गरी जम्मा दुई पटक पितृमातृ नाम फलाक्दछन् । साम्खापोथीको मर्नेक्रम र भित्रांङ्गको बनावटबाट त्यस घर परिवारको आगामी भविष्य स्वास्थ्य तथा दुःखबिमार दृष्टिगत हुन्छ । साम्खा पोथीको प्रसाद घरपरिवारका सबैजनाले खान हुन्छ भने अजातलाई दिन राम्रो हुन्न भन्ने मान्यता पुमा जातिहरु राख्दछन् । ुताङ्लान काचोवायु पन्छाउने साम्खा दिउसो गरिन्छ । ताङलान परपुरुष र परस्त्री बीच गरीने यौनजन्य कि्रयाकलापबाट उत्पन्न कुकृत्यलाई भनिन्छ । ताङलान पुज्ने साम्खामा परस्त्रीसँग यौनजन्य व्यवहार गर्ने परपुरुषहरुको नाम समेत लिनु पर्छ । उनीहरुको नाम लिदै तोत्ला केराको पात मा स्वर्गीय पितृमातृसरह चोखो भात ताङ्लान पुज्ने धामीले चढाउछन् । त्यसैले परस्त्री र परपुरुष बीच सम्बन्ध राख्नु जस्तो महान पाप अरु केही हुन सक्दैनु- दिप्लुङ-७ निगालबासका एकजना बुङ्लुमीबुङ्पेन्मी मानबहादुर राई बताउछन् । यस साम्खाबाट ती स्त्रीहरु जो यौनपिडित छन् लाई चोख्याइएको बुझिन्छ । पुमा राईको संस्कृति अनुसार त्यो बाहेकका बाँकी साम्खाहरु बेलुकीको साँझमा पुज्नु पर्छ । आ। खली ुखलीु लाई पुमा जातिहरु सबभन्दा ठूलो पितृपूजा मान्दछन् । त्यसैले यसलाई ठूलोपूजाको उपनामले पनि व्यक्त गर्ने गर्दछन् । ुखलीको पुज्ने समयावधि निश्चित हुँदैन घरमूलीले यसको आवश्यकता महसुस गरेपछि यो पूजा गरिन्छु- बुङ्लुमीबुङपेन्मी गुमानिसं राई बताउछन् । उनी थप्छन्- ु३÷४ वर्षको अन्तरालमा खली पूजा गर्नु समयोचित ठानिन्छ । या त घरपरिवारमा विवाह चुलो छुटाउने घरमूलीको मृत्यु माउसुँगुरको मृत्यु आदि कि्रयाकपालहरुबाट प्रेरित भइ यो पुजिन्छ । यसको लागि बेतको लौरी मुसुरीकटुस अदुवा घैला साना घैटा चिण्डो कासाको बटुका चाल्नो भकिमिल्लोको हाँगा ऊखु वा जुनेलो जाँखी केराको पात चोखो जाड र माउ सुँगुर आदि सामग्रीहरुको आवश्यकता पर्दछ । इ। मोङ्हिम जीवन भोगाइको क्रममा मानिसबाट थुप्रै गल्तिहरु हुन पुग्छन् । ती जानी जानी या अाजानमा गरिने गल्तिहरुबाट छुटकारा पाउन गरिने एक प्रकारको पुमा संस्कारलाई मोङ्हिम भनिन्छ । मोङ्हिम पुज्नको लागि धामी बुङ्लुमीबुङपेन्मी को आवश्यकता पर्दछ । धामीको आफ्नै एकजना मूल कोट्वाला पनि हुन्छ । धामीले प्रयोग गर्ने फुलहरुको संकलन गर्ने व्यक्तिलाई कोट्वाला भन्दछन् । धामीले आफ्नो गुरुपुजामा प्रयोग गर्ने सम्पूर्ण बुङ्वा फुल हरु मोङ्हिम पुज्दा पनि प्रयोग गर्द प्रयोग गर्दछन् । यस अन्तर्गत मेहेरीबुङ् मुसुरीकटुस गावबुङ खोल्सीमा फुल्ने एक प्रकारको फूल सकयक्वा मालिङ्गो जातको बास आम्लारीबुङ अमलाको फुल दुखुम्लेबुङ फुस्रेफुल हाङ्चुप्मीबुङ फुस्रेकटुस कुइयाबुङ अधेरीफुल मिचिलीबुङ् झारावाफुल नाप्चीरीबुङ अदुवा जातको एकप्रकारको फूल तारावाबुङ रुखमा फुल्ने फुल तक्सरङबुङ तक्सरङफूल आदि पर्दछन् । यी फुल लगायत आवश्यक सामग्रीमा बटुकोमा चोखो पानी लापलावा ठूलो रातो भाले एकहात सेतो कपडा आदि हुन् । यी माथिको फूलहरुको प्रयोग गरी धामीले मोङ्हिम पुज्छ । यो पुज्ने निश्चित अवधी छैन । अभिभावकले आवश्यकताको महसुस गरे पछि वा धामी ङापोङले यो पुज्ने आवश्यकता बताए पछि यो पुज्ने गर्दछन् । मोङहिम एक पाछाका सबै दाजुभाइको एकैठाउँमा गर्न सकिन्छ । परिवार र दाजुभाइमा लडाई झगडा गर्दा आपसमा गालीगलौज गर्दा असभ्य शब्दहरु बोल्दा खुकुरी खोडा जस्ता हतियारले ताक्दा या काट्दा पुमा संस्कार अनुसार तिनको कुलपितृमा वित्तल परेको हुन्छ । यस्ता खराव आचरणबाट उत्पन्न हुने खरावीलाई हिवादोङ्वा भन्दछन् । यही छिपिदै गए पछि परिवारको अभिभावकको सपना विग्रदै जान्छ । तन्द्रामै घरको दलिन भित्ता आदितिर उसले रातो रातो धब्ब्ााहरु चलेको या हिडेको देख्न थाल्छ । यसपछि उसले मोङहिम गर्नु पर्ने महसुस गरेको हुन्छ । ग। अन्न भूमि संस्कार पुमारु आफैमा प्रकृतिको पुत्र÷पुत्री सम्झन्छन् । प्रकृतिलाई नै तिनले आफ्नो सृष्टिकर्ता मान्ने हुनाले भूमिलाई धेरै महत्वका साथ हेर्छन् । भूमि तथा अन्नको पूजा बरोबर गरीरहन्छन् । वर्षको आरम्भ देखि अन्त सम्म नै पुमा जातिहरु अन्न तथा भूमिको पूजा गर्दछन् । ती मध्ये साकेन्वा नावाङ्गी लेवा मङेन आदिको बारेमा यस लेखमा संक्षिप्त व्याख्या गरिन्छ । साकेन्वा वर्षको शुरुवातसँगै प्रकृति पुजक किरात पुमा राईहरुको सांस्कृतिक चाडपर्वको मेहेरो शुरु हुन्छ । त्यसमध्ये एक महत्वपूर्ण संस्कार पर्व साकेन्वा पनि हो । विविध पशुपक्षीको नक्कल गरी नृत्य देखाउदै हर्षोल्हास मनाउने प्रकि्रया नै साकेन्वा हो । बैसाखको शूरु देखि जेठको अन्त्य सम्ममा किरात पुमा राईहरु साकेन्वा÷साकेला पुजीसकेका हुन्छन् । ुघरको तलामाथि सुरक्षित राखिएको ठोलमाने विधिवत चुलो पुजेर फुकाउनु पर्छु दिप्लुङ्ग-७ का ङापोङ चुलो पुज्न सांस्कृतिक मान्यता पाएको व्यक्ति लालधन राई बताउछन् । उनी अरु थप्छन्- ुफागु÷साकेन्वा फुकाउन ङापोङ या बुङ्लुमीबुङ्पेन्मी बैद्यिक फूलपातहरु प्रयोग गर्न सांस्कृतिक मान्यता पएको व्यक्ति को आवश्यकता पर्छ । उनले पैतृक चुलो पुज्दा गत वर्ष दुखबिमार र महामारीबाट हामीलाई बच्ाायौ । अव यो वर्षको संस्कृतिहरु फेरि शुरु भए । हाम्रो रक्षा गर्नु हामी तिमीहरुको मान मर्यादा राखी पुज्दै गर्छौं है भन्ने अर्थमा किराती मुन्दुम फलाक्छन् ।ु एउटा पुमा बस्तीका उनीहरु सकभर एक एकदिनको अन्तरमा फागु फुकाउने गर्छन् । जसले गर्दा फागु फुकाएको दिन गाउँ बस्तीका सबैजना एकै घरमा भेला भएर साकेन्वा नाँच्न सकुन् । साकेन्वा नाच सँगै रंगरवास र खुसीयाली मनाउन सकुन् । एकआपसमा हर्षोल्हास र उमंग साट्न सकुन् । पुमा राईहरु साकेन्वा÷लाक खेल्ने क्रममा विभिन्न जीवजन्तु र चराचुरुङ्गीको व्यवहारलाई नक्कल गरी नाच्दछन् जसलाई ुसिलीु को संज्ञा दिन्छन् उनीहरु । साकेन्वा÷लाकको गीतको लयमा एकले अर्कोको स्वरमा स्वर खापेर गाउँछन् र दोहोरी पनि खेल्ने गर्छन् । साकेन्वा गीत यसरी शुरु गर्छन्- … … … सोइसोइला चोलिया फाट्यो कुमकुमको सोइसोइला हो सोइसोइला कुमकुमको कुमकुमको भेटभइयो आज थुमथुमको सोइसोइला हो सोइसोइला सोइसोइला सिन्कौली सेउली भाँची जाउँ सोइसोइला हो सोइसोइला भाँची जाउँ भाँची जाउँ रहरै सम्म नाची जाउँ सोइसोइला हो सोइसोइला सोइसोइला फूलै र फुल्यो टोटोला सोइसोइला हो सोइसोइला टोटोला टोटोला बाँचेको छौं र यो चोला सोइसोइला हो सोइसोइला … … … घरमूलीको इच्छा अनुसार एक दिन देखि एक डेढ महिना सम्म ठोलमाने खुल्ला राख्ने गर्दछन् पुमा राईहरु । ठोलमाने यथास्थानमा थन्क्याउने क्रममा समेत पुमाहरु धनधान्यकी देवी सुम्निमाको पूजा गर्छन् । यस सुम्निमा पूजालाई मङेन भन्दछन् । यसको लागि आवश्यक सामग्रीहरु एउटा चिण्डोमा चोखो जाडपानी अदुवा भोर्लाको पात र पोथी आदि हुन् । उनीहरु अन्नको भकारीलाई सुम्निमाको बासस्थान मान्दछन् । त्यसैले ठोलमाने थन्क्याउने क्रममा पनि मङेन पूजासँगै जब ङापोङले सुम्निमालाई खेतबारी र बस्तीहरु डुलाएर आगनमा पुर् याउदछ तब घरका सबै जना फागु सिली सँगै सुम्निमा र ङापोङलाई अन्नधन्नको सह बटुल्न सहयोग गर्छन् । त्यसको लागि सबैजना आँगनमा नाच्दछन् । आँगनमा नाच्ने समूहको ज्येष्ठ सदस्यले हातमा सुम्निमाखुर्पी लिएर अदुवा छर्दै छर्दै लाक खेल्नु पर्दछ । लाक खेल्दै आँगनमा ३÷३ फन्को उल्टोसुल्टो घुमेर भित्र पस्नुपर्छ । भित्र पनि मूलखम्बाको वरीपरी ३÷३ फन्को उल्टोसुल्टो घुमे पछि ज्येष्ठ घरमूलीलाई ङापोङले मङेनपोथीको प्रसाद स्वरुप सुम्निमाको भाग मुटु कलेजो र ढाड दिन्छन् । त्यो लिएर खुर्पी अदुवासँगै उनी टारमाथि चढ्छन् । साथमा पछि पछि ठोल र माने बजाउनेहरु पनि तिनलाई पछ्याउदै ठोलमाने बजाउदै बजाउदै टारमाथि चढ्नुपर्छ । र तिनलाई यथास्थानमा थन्क्याउनु पर्दछ । यसरी वर्षमा एक पटक फुकाउने फागुको समापन हुन्छ । मङेन गरेको ३ दिन सम्म घरबाट अन्न पैसा र भोर्लाको पात बाहिर निकाल्न या अरु कसैलाई दिन निषेध हुन्छ । नावाङ्गी पुमा जातिमा नयाँ खाद्य वस्तुहरु भित्र्याउन सांस्कृतिक तवरले फुकाउने प्रकि्रयालाई नावाङ्गी भन्दछन् । बैसाक जेठ महिनाबाट थालेको अन्नबाली कोदो धान आदि रोप्ने लगाउने कार्य साउनको अन्तिम हप्तासम्ममा समापन गर्छन् । त्यसपछि फलेको अन्नबाली चोखो र पवित्र भएको दावी गर्दै कुलपितृहरुलाई चढाउछन् । ुबादर जनावर या किरा फट्याङ्ग्रा केहीले पनि जुठो लगाएको छैन । तिमीहरुको अन्नबाली चोखो नै छ खाउ हैु भन्ने अर्थमा किराती मुन्दुम फलाक्दै ती अन्नहरु पकाएर पितृहरुलाई चढाउनु पर्छु- दिप्लुङ्ग-७ कै एकजना बुङ्लुमी-बुङ्पेन्मी गुमान िसं राई बताउछन् । उनी भन्छन्- ुयसरी अन्न पितृहरुलाई चढाएर फुकाउने पूजालाई नावाङ्गी भन्दछन् । यो नावाङ्गी भदौ महिनामा पुजिन्छ ।ु उनका अनुसार घरआगन चोखोनितो गरेर बिहानै पितृनाम फलाक्दै पुज्छन् । यो पूज्न भोर्लाको नयाँ पात धानको नयाँ बाला बालाको नाममा नयाँ बोट नै प्रयोग गर्छन् चिण्डो लगायतका सामग्रीहरु प्रयोग गर्छन् । यो पूजासँगै घरको ढोके कुनामा राखेर सबै हातहतियारको समेत पूजा गरी अन्न चढाइन्छ । नावाङ्गी पुजे पछि मात्र नयाँ अदुवा लगायतका अन्य नयाँ खाद्यपदार्थहरु खानको लागि फुकेको मान्दछन् उनीहरु । जस्तै ः अदुवा नयाँ चामल गिठा भ्यागुर नावाङ्गी गर्नु भन्दा पहिले घरभित्र हुल्न साथै खानलाई प्रतिबन्धित हुन्छ पुमा राईहरुको संस्कृतिमा । लेवा ुलेवाु पुमा राईहरुको अर्को एक अन्न पूजा हो । यो पूजा यस्तो हो जुन पुज्नको लागि ङापोङ या बुङ्लुमीबुङपेन्मीको आवश्यकता पर्दैन । घरको मूलिले पुज्दा हुन्छ । लेवा कोदो भित्राउने क्रममा गर्दछन् । यसको उद्देश्य अन्नको सहलाई स्थायीत्व दिनु हो । बारी खोरियाबाट अन्न बटुल्दै घरमा थुपार्दछन् । ठीक त्यही थुप्रोमा पुजेर सुम्निमालाई खुसी पार्ने गर्दछन् । यसको लागि आवश्यक सामग्रीहरु- सानो माटोको भाडोमा चोखो भात मुसुरीकटुसको पात अदुवा र एउटा भाले । राम्रो दिन जुराएर विहानीपख रिमरिममै यो पूजा गर्दछन् । ुअन्नको थुप्रोमा सुम्निमालाई खुसी पार्ने शब्दहरु फलाक्दै भाले काटिन्छ । र भालेको रगतले अन्न बटुल्ने क्रममा प्रयोग गरिने सबै सामग्रीहरुलाई छर्काइन्छु ङापोङ लालधन राई बताउछन् । उनी अगाडि थप्छन्- ुलेवा गरेको दिन घरको कुनामा एकपाथी कुटेको तर ननिफनेको अन्न थुपारिन्छ । र त्यसको चुलीमा दोहोरो भोर्लाको पात राखी त्यसमा एकचिण्डो चोखो जाडपानी र अदुवा राख्नुपर्छ । त्यसपछि हरेकपल्ट अन्न कुट्दा झाट्दा चोखो जाड झानेर कुनाको अन्न अन्नको थुप्रो र अन्नको भकारीलाई छर्किने गर्नुपर्छ । अन्न कोदो कुट्ने झाट्ने काम समाप्त भएको दिन लेवा गर्दा कुनामा थुपारिएको एकपाथी कोदो निफनेर मूल भकारीको अन्नमा मिसाइन्छ लेवा गर्दा प्रयोग गरिने जाड र लेवाभालेको प्रसाद अर्को जातीलाई दिँदा अन्नको सहमा गिरावट आउछ भन्ने मान्यता यस समुदायमा छ । यसरी कोदो उठाउने कार्य समापन हुन्छ ।ु मङेन पुमा जातिको धनधान्यकी देवी सुम्निमाको पूजालाई मङेन भन्दछन् । यसको लागि आवश्यक सामग्रीहरु एउटा चिण्डोमा चोखो जाडपानी अदुवा भोर्लाको पात र पोथी आदि हुन् । उनीहरु अन्नको भकारीलाई सुम्निमाको बासस्थान मान्दछन् । मङेन गर्ने क्रममा जब ङापोङले सुम्निमालाई खेतबारी र बस्तीहरु डुलाएर आगनमा पुर् याउदछ तब घरमूली महिला लगायत घरका अन्य सदस्य आँगनबाट लाक खेल्दै भित्र पस्नु पर्दछ । घरमुली महिलाले सुम्निमाखुर्पी लिएर अदुवा छर्दै छर्दै लाक खेल्नु पर्दछ । लाक खेल्दै आँगनमा ३÷३ फन्को उल्टोसुल्टो घुमेर भित्र पस्नुपर्छ । भित्र पनि मूलखम्बाको वरीपरी ३÷३ फन्को उल्टोसुल्टो घुमे पछि ज्येष्ठ घरमूलीलाई ङापोङले मङेनपोथीको प्रसाद स्वरुप सुम्निमाको भाग मुटु कलेजो र ढाड दिन्छन् । त्यो लिएर खुर्पी अदुवासँगै उनी टारमाथि चढ्छन् । यसरी वर्षमा कम्तिमा दुई पटक मङेन गर्दछन् । मङेन गरेको ३ दिन सम्म घरबाट अन्न पैसा र भोर्लाको पात बाहिर निकाल्न या अरु कसैलाई दिन निषेध हुन्छ । यसरी पुमा राईहरु रीति तथा संस्कृतिका धनी छन् । माथि उल्लिखित बाहेक मोङ्हिम लगायतका थुप्रै पितृ तथा धर्ती पूजाहरु पुमा समुदायले पुज्ने गर्छन् । यसै सन्दर्भमा भाषा तथा संस्कृति सम्बन्धी अध्ययन गरिरहेको छिन्ताङ तथा पुमा अभिलेखीकरण परियोजनाका अनुसन्धाता सह प्रा।डा। विष्णु प्रसाद िसं राई बताउछन्- ुपुमा राईहरु भाषा तथा संस्कृति प्रेमी मात्र नभइ मातृभूमि प्रेमी पनि छन् । नेपाली लगायतका भाषाहरुको अतिक्रमणका बाबजुद पनि उनीहरुको भाषा तथा सांस्कृतिक मौलिकता बाँचीरहनु त्यसको ज्वलन्त उदाहरण हो ।ु संस्कृति र रीतिरिवाजलाई माया र संरक्षण गर्नेलाई रुढीबादी र यथास्थितिबादीको आरोप लाउन नहुने आशयमा उनी थप्छन्- ुपुमा राईहरुले मानी आएको रीति र संस्कृतिहरुमा थुप्रै बैज्ञानिक आधारहरु पनि भेटिन्छन् । ती संस्कृति भित्रका बैज्ञानिक आधारहरु चिनेर त्यसलाई विकसित गर्नु आजका पुमा युवाहरुको कर्तव्य हो ।ु निश्चय पनि पुमा राईहरु संस्कति र परम्परा प्रेमी छन् । तिनका संस्कृति भित्रका असल र बैज्ञानिक पक्षलाई सवल र खराव नकारात्मक पक्षलाई परिमार्जन गर्दै लगे बेस हुनेछ । विभिन्न दुष्टिकोणले हेर्दा तिनका संस्कृतिहरु असल र समय सापेक्ष नै छन् । पुमा राईहरु पितृ पुज्दा प्रयोग नगरि नहुने जाँड पितृपूजाका लागि आवश्यक मात्रामा मात्र बनाउने चलन पुमा समुदायमा बढेको छ । यो सकारात्मक सोंच हो पुमा रीति ल प्रभावलाई बढावा र खराव प्रभावलाई परिमार्जन गर्दै लान अत्यावश्यक छ । तर परिमार्जनको नाममा त्यसको मौलिक विशेषतामा भने खलल पार्नु हुन्न । यसबारे सोंच्ने र अगाडि बढ्ने महान र ऐतिहासिक कार्य पुमा समुदाय र पुमा युवाहरु आफैको हो । र तिनको संस्कृति समग्र नेपालीकै साझा सम्पत्ति हो । यसको संरक्षण र सम्वद्र्धन गर्नेमा सबै नेपालीको समान मनसाय र अभिरुची जाग्नु पर्दछ ।