Thursday 15 October 2009

१: किरात पुमा राई परिचय सार:
नेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार 'सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् । कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।'२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ ।यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन्:१ थुम्राहोङ २ योङडोहोङ ३ होङटाङखा ४ दुमालुङ÷दुम्माईलुङ ५ लिम्माछित ६ गाराजा ७ हादीरा ८ मिथाहोङ ९ तोङमालुङ १० मेत्लङयङ ११ वाविहोङ १२ खावोङ १३ रिरीहोङ १४ हेनयोङछा ।२: किरात पुमा राईको संस्कृति परिचय:पुर्खा भूमि र प्रकृतिको पुजकले परिचित किरातहरुको मुख्य विशेषता नै पुर्खा भूमि र प्रकृतिको पूजा गर्नु हो । फागु÷साकेन्वा÷साकेवा÷साकेला आदिलाई महान चाडको रुपमा मानिने यो पूजा दोङवाङा उभौली र दोङदापा उधौली गरी वर्षमा दुईपल्ट गर्ने गरिन्छ । किरात मुन्दुमअनुसार किरातहरुले सृष्टिकालदेखि नै यो चाड मान्दै आएका हुन् । दोलखाका आदिम किरात राजा बुढाहोङको पालामा साकेन्वालुङ लगायत आफ्ना राज्यका वरिपरि बाख्राको मासु खाएर भीमसेनले लटपट गर्न थालेपछि बुढाहोङले त्यस फागुलुङ÷साकेन्वालुङलाई लिएर अरुण नदीको आसपास किरात प्रदेशमा आएर बस्यो । त्यसरी साकेन्वालुङलाई बोकेर आउँदा जहाँ जहाँ साकेन्वालुङलाई विसाएको थियो त्यहीँ त्यहीँ ठाउँमा फागुलुङ÷साकेन्वालुङ गाडी प्रकृतिदेवलाई पूजा गर्ने क्रममा पुमा खोलाका किरात पुमा पुर्खाहरुले खोटाङ जिल्लाको दक्षिणी भेक चिसापानीमा फागुलुङ÷साकेन्वालुङ स्थापना गरी दोङवाङा÷दोङदापामा पूजा गर्न थाले । त्यस दोङवाङा÷दोङदापा पूजा गर्नका लागि सेतो हात्तीमा चढेर बुढाहोङ आई त्यस फागुलुङ÷साकेन्वालुङलाई थोक्दाउथ्यो । तर बुढाहोङको मृत्युपछि त्यस लुङ थोक्दाउने चोखो पानी अर्चाउने मुन्दुम ङापोङले सपनामा नपाएर त्यस फागु÷साकेवालुङलाई धेरै वर्षसम्म नथोक्दाए पनि दोङवाङा दोङदापामा बुढाहोङको त्यो सेतो हात्ती आई त्यसलुङको हेरचाह गथ्र्यो । तर धेरै वर्षसम्म फागुलुङ÷साकेन्वालुङलाई त्यसरी नथोक्दाएपछि सदा झैं दोङवाङा÷दोङदापामा आफै आएर हेरचाह गर्ने सेतो हात्तीले त्यस लुङलाई भाँची दिएछ । त्यसरी फागुलुङ÷साकेन्वालुङलाई सेतो हात्तीले भाँची दिएपछि पुमा खोलाको किरात पुमा पूर्खाहरु भेला भई सरसल्लाह गरी आ-आफ्नै घरमा दोङवाङा÷दोङदापा गर्न थाल्यो । र हालसम्म पनि त्यही प्रचलन कायम छ । ३: दोङवाङा:पुमा खोलाका किरात पुमा राईहरुको चलनअनुसार वैशाख महिनादेखि असार महिनासम्ममा गरिने सम्पूर्ण पुर्खा प्रकृति भूमि पूजालाई दोङवाङा उभौली भनिन्छ । यस दोङवाङा पूजाभित्र फागु साम्खा मंङेन गरिन्छ । त्यसमध्ये फागुलाई विशेष महत्वका साथ धुमधाम गरी मनाइन्छ र यो फागु नगरी अन्य कुनै पनि पूजा गरिँदैन गर्न हुँदैन । ३:1: दोङवाङा फागु:फागु वर्षको पहिलो चाड हो । यसमा ङापोङले सर्वप्रथम चराचुरुङ्गीको नाम बोलाउँदै ूल अब वर्षा लाग्यो खोलानालामा पानी चिपचिपाउन थाल्यो चराचुरुङ्गीको स्वर फेरियो बाली लगाउने बेला भयो पानी पारिदिनु बाली लाउदैछौ बालीनाली सपि्रयोस् नयाँ पालुवाहरु पलाए हावा पानी घामबाट बचाई दिनू भन्दै दाव्य अगेना ः तीनवटा चुला भएको ठाउँ भित्रको बोब्बीलुङ मूलचुला खाइतलुङ दिमाचुला र रङालुङ प्रकृति भूमिचुला लाई क्रमशः दाहिने पट्टिबाट नयाँ पालुवा मबोलाबोक्पा÷ ङाक्सीबोक्पा भर्ला÷केराको हरियो पातको खोचली दुना बनाई बटुकोमा पानी र रख्खे खाचा चोखो जाँडपानी मिसाई त्यो पानीले थोक्दाइन्छ । त्यसरी चुला थोक्दाउदा जुन घरको फागु गरिँदैछ त्यही घरको पुर्खालाई पहिला बोलाइन्छ । त्यसरी फागु गर्दा भूमिमा अन्नबाली लगाउँदा प्रयोग भएका सम्पूर्ण हाई हतियार ः तालित किरात अस्त्र खुकुरी खुर्पा बन्चरो झम्पल बन्दुक जस्ता सबै हतियारलाई रख्खे पानीले थोक्दाउदै भाँचिन्छ टेकिन्छ चोट लगाइन्छ पाप नलागोस् चित्त नदुखाउ भन्दै पूजा गरिन्छ । त्यसपछि मूल ढोकाको शिरमा मंङछामा भित्रियोस् भन्दै थोक्दाइन्छ । र चुलाभन्दा वाहिर रहेका पूर्खाहरुलाई आँगनमा फालामरोङ गोगोसा र पानी दिइन्छ । त्यसरी फागु पूजा गरिसकेपछि ङापोङ÷सिलिहोङपा÷ सिलिहोङमाको नेतॄत्वमा सिलि टिपी घरको मूली मान्छेलाई अनिवार्य रुपमा सहभागी गराई सिलि टिपिन्छ । त्यहींदेखि दोङवाङा चाड शुरु हुन्छ । सांस्कृतिक पहिचानको दृष्टिकोणले पनि अत्यन्तै आकर्षित यो चाडको मुख्य समय भनेको चाहिँबैशाख पूर्णिमा नै हो । ३:1:A)आवश्यक सामाग्रीहरुःड्डनङवा मोबोलाबोक्वा÷ ङाक्सीतोत्ला मेरीखाङ तालित रख्खे खाचा डबकामा रख्खे खाचा पानी सोलोन्वा फालामरोङ गोगोसा भूमिमा बाली लगाउँदा प्रयोग गरिने सम्पूर्ण हतियारहरु ।३:2:दोङवाङा साम्खा: फागु गरिसकेपछि गरिने दोस्रो चाडलाई दोङवाङा साम्खा भनिन्छ । यसमा पनि ङापोङले फागुमा जस्तै ऋतु फेरियो चराको स्वर फेर् यो बाली लगाउने बेला भयो हामी सबैलाई सुव्यफाब्य होस् भन्दै पूजा गरिन्छ । यसको मुख्य आकर्षक विन्दू भनेको वामा पोथी लाई ढाडमा दाबिलोले हिर्काएर रगत झार्नु हो । यदि रगत झरेन भने विरामी हुने मरोमारो पर्ने अशुभ हुने खडेरी हुने लगायत घाम पानीले अन्नबालीलाई बिगार्छ भन्ने जनविश्व्ाास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यस साम्खामा पनि जुन घरको दोङवाङा साम्खा गरिदैछ त्यहीं घरको पूर्खालाई पहिले बोलाउनु पर्छ । ३:2:A) आवश्यक सामाग्रीहरु :ड्डफैक्का चार वटा ङाक्सीतोत्ला असरा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ फालामरोङ गोगोसा बेछुक वामा पोथी । :3: दोङवाङा मङेन:दोङवाङा मङेन तेस्रो प्रकृति पूजा हो । जुन पूजामा अन्नबालीको सह होस् घाम पानी हावाबाट बचाइदिनु भन्दै वापा भाले लाई दाबिलोले हिर्काई पुर्खा÷प्रकृति पूजा गरिन्छ । त्यसरी हिर्काउँदा रगत नझरेमा अन्नबालीको सह नहुने नफल्ने खडेरी पर्छ भन्ने जनविश्व्ाास छ । यो पूजा गर्दा पुमा खोलाको किराती राईहरुले सामेत संवोधक नाम पाएको ठाउँ लुत्छुबुलुम बुक्टोङमा मुन्दुमले ङापोङ पुग्नै पर्छ । यो पूजा गर्दा बाहिर आँगनमा प्रकृति भूमि पूर्खा सम्बन्धीका विभिन्न सिलि नाचिन्छ । साथै ढोल झ्याम्टा हुने घरको यो मंङेनको समाप्ती सँगसँगै त्यस ढोल झ्याम्टालाई एक वर्षको लागि थन्काइन्छ । यस मंङेनको मुख्य विशेषता भनेको यो पूजा गर्दा दाबिलोले मस्काएर चाखाङ खानुपर्छ साथै त्यस भालेको हड्डीखुड्डी बाहिर फाल्नु पनि हुँदैन फाल्टो जातिलाई खान दिन पनि हुँदैन र त्यसदिन कसैलाई केहीं पनि दिन हुँदैन । ३:3:A)आवश्यक सामाग्रीहरुःड्डमोबोलाबोक्वा सोलोन्वा बेछुक बेरुछा डाविलो वापा । ४:दोङदापा:किरात पुमा राईहरुको रितअनुसार भदौ महिनादेखि फागुन महिनासम्म गरिने सम्पूर्ण पितृ प्रकृति भूमि पूजालाई दोङदापा भनिन्छ । यस दोङदापा पूजाभित्र न्वाङ्गी साम्खा लेवातुप्खा र मंङेन पर्दछ । त्यसमध्ये न्वाङगीलाई मुख्य रुपमा लिइन्छ । र न्वाङगी नगरी अरु कुनै पनि पूजा गर्न हुँदैन गरिँदैन । ४:1: दोङदापा न्वाङगी:दोङदापा पूजा मध्ये प्रथम र मुख्य रुपमा मानिने यस पूजामा ङापोङले पूर्खाहरुलाई बोलाउँदै ूल अब हिउँद लाग्यो खोलाको पानी सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो अन्नको सह देउ यो पाकेको बाली पहिला चढाउँदैछौ अब पाकेको बाली उठाउँदैछौं हावा पानी आगोबाट बचाइदिनू भन्दै नयाँ अदुवाको बोट नयाँ धानको बोट लगायत तयार पारिएको सम्पूर्ण नयाँ बाली चढाइन्छ । भूमिमा बाली लगाउँदा प्रयोग भएका कोदालो खुर्पा झ्यम्पल खुकुरी खुंडा बन्दुक तालितलगायत सम्पूर्ण हतियारलाई एउटा कुनामा राखी नयाँ बाली चढाइन्छ । त्यसरी पाकेको बाली चढाई सकेपछि बाँकी न्वाङगी बालीको बोटलाई मूल ढोकाको शिरमा राखिन्छ ्र नयाँ अदुवा अनिवार्य रुपमा खाई यो न्वाङगी सम्पन्न गरिन्छ । यस न्वाङ्गीको मुख्य विशेषता भनेको यो न्वाङ्गी नगरी अरु कुनै पनि पित्री भूमि प्रकृति पूजा गर्नु हुँदैन गरिँदैन ।४:1:A)आवश्यक सामाग्रीहरु;ड्डरख्खे खाचा गोगोसा असारा मटिया आक्का आठ वटा ङाक्सीतोत्ला अक्माना चारुङ फालामरोङ नङ्वा बेछुकप्वाँ नङ्वा चाहाक्वाप्वाँ पुरानो धानको फ्यान्कुक्वा मेरीखाङ असारा सोलोन्वा अक्ता नाङलोङ अक्ता चाल्नोङ४:2: दोङदापा साम्खा: दोङदापा न्वाङगी गरिसकेपछि गरिने दोस्रो पर्वलाई साम्खा भनिन्छ । यसमा पनि ऋतु फेरियो हिउँद लाग्यो खोलानाला सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो न्वाङगीमा चढाइसक्यौं अब सुखशान्ति दिनू सुव्यवस्था होस् भनेर वामालाई दाविलोले हिर्काएर रगत झारिन्छ । यदि रगत नआएमा अशुभ हुन्छ मरौ मारौ हुन्छ विरामी भइन्छ भन्ने विश्वास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यसको प्रमुख विशेषता भनेको वामा मार्नुभन्दा अगाडि एकपल्ट र वामा मारिसकेपछि त्यसको हुमोङसा चढाउँदै फेरि अर्कोपल्ट गरी दुईपल्ट पुर्खाहरुको नाम बोलाउनु हो । ४:2:A) आवश्यक सामाग्रीहरु:ड्डफैक्का चारवटा ङाक्सीतोत्ला असारा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ गोगोसा बेछुक वामा । ४:3: दोङदापा लेवा÷तुप्खु:दोङदापा समयमा पाकेको सम्पूर्ण अन्नबाली घरमा िभœयाउँदा टेकिन्छ भाँचिन्छ काटिन्छ चोइटाइन्छ छरिन्छ । अन्नबालीको चित्त नदुखोस् सह एकै ठाउँमा रहोस् भनेर घरको टाँडको कुनामा मोङछामा राखिने ठाउँमा कोदोको बालालाई थुपारेर चल्लाले भोक दिई पूजा गरिन्छ । ४:3:A)आवश्यक सामाग्रीहरु:ड्डमोब्लाबोक्वा बेरुछा बेछुक सापाचाबाला रख्खे खाचा वाच्छकेलेक सोलोन्वा मेरीखाँङ ङासा ।४:4: दोङदापा मङेन:दोङदापा मङेन गर्दा पाकेको बालीलाई घरमा िभœयाउँदा टेकिन्छ कुल्चिन्छ छरिन्छ चोट लगाइने भएकोले मोङछामाको चित्त नदुखोस् भनी छरिएको अन्नबालीको एकै ठाउँमा सह रहोस् भन्दै वापालाई दाबिलोले ढाँडमा हिर्काएर भोग दिई मोङेन गरिन्छ । यो मङेन गरेको दिन कोदोको चाखांङ दाविलोले मस्काएर खाइन्छ । यसको मुख्य विशेषता भनेको त्यस वापाको मासुको हड्डीखुड्डी बाहिर फाल्नु हुँदैन अजात मान्छेलाई खान दिन पनि हुँदैन र त्यस दिन कसैलाई केही पनि दिनु हुँदैन ।४:4:A) आवश्यक सामग्रीहरु:ड्डमोबोलाबोक्वा सोलोन्वा, बेछुक, बेरुछा ,दाविलो, वापा । यसरी पुमाखोलाका किरात पुमा राईहरुले दोङवाङामा फागु साम्खा र मङेन अनि दोङदापामा न्वाङगी साम्खा लेवातुप्खु र मङेन गरी दोङवाङा र दोङदापा मनाउने चलन छ । त्यसको अलावा बुढाहोङको सेतो हात्तीले पुमाखोलाको साकेन्वालुङ÷फागुलुङ भाँचिदिएपछि सबै पुर्खाहरु भेला भई आ-आफ्नो घरमा दोङवाङा र दोङदापा मनाउँदै आएका यी पुमा राईहरुले खोटाङ जिल्लाको चिसापानी ७ पाथीभाराको शिरमा अवस्थित जन्ते ढुंगालाई बैशाखे पूर्णिमाको दिन र मंसिरे पूर्णिमाको दिन किरात पुमा राई मुन्दुमअनुसार पूजा गरी लिङ्गो फेर्ने गर्दछन् र सो दिन सो स्थानमा भव्य मेला लाग्न्









puma rai





puma rai








Friday 2 October 2009

पुमा साकेन्वाको उत्पत्ति

-
राजाको आदेशअनुसार दलबल-हातहतियारसहित राजाको सिपाहीँहरु त्यस किराती ङापोङ सिपाहीँलाई खोज्दै पूर्वतिर लाग्यो । त्यतिाजेलसम्ममा त्यो किराती ङापोङ सिपाहीँ साँगा भन्ज्याङ हुँदै किरात प्रदेश पुगिसकेको थियो । किरात प्रदेशमा त्यो किराती ङापोङ सिपाहीँलाई राजाको सिपाहीँहरुले भेटेर विनम्र अनुरोधसहित पुनः किरात मोङतेन फर्कन अनुनयन गर्यो । तर त्यो किराती ङापोङ सिपाहीँले किरात मोङतेन फर्कन मानेन । अब राजाको सिपाहीँहरु ठूलो धर्मसंकटमा पर्यो । त्यसपछि त्यो किराती ङापोङ सिपाहीँलाई त्यो किरात मोङलुङ फर्काइदिन रुँदै राजाको सिपाहीँहरुले अनुरोध गर्यो । आपुूभन्दा ठूलो राजाको सिपाहीँहरुले चिम्से आँखा पारेर आपुनो खुट्टामा शीरै राखेर ढोगेपछि त्यो किराती ङापोङ सिपाहीँको मन ढुङ्गाझैं साह्रो हुन सकेन र भन्यो- ूलौ यो लुङ नै लख्छौ भने लैजाउ । तर म चाहिँ किरात मोङतेनको दरबार फर्किदिन ।ू त्यति भनेर त्यो किराती ङापोङ सिपाहीँले त्यस किरात मोङलुङलाई हेन्खामामामा राखिदियो । त्यसपछि राजाको सिपाहीँहरु खुसी हुँदै त्यस किरात मोङलुङलाई बोक्नु खोज्यॊ । तर त्यस किरात मोङलुङलाई बोक्नु त के हल्लाउन समेत सकेन । बरु त्यो किरात मोङलुङ झन्-झन् जमिनमुनि भासिन थाल्यो । त्यसपछि ूलौ आफै उखलेर लैजाऊ भन्दै किराती ङापोङ सिपाहीँ आपुनो घर माझ किरात प्रदेशतिर िहंड्यो । जमिनमा पुनः कम्पन भयो । वातावरण चारैतिर अन्धकारमय भयो । हावा-हुरी चल्यो । बिजुली चम्कियो । पानी पर्यो । राजाको सिपाहीँहरु झन् ठूलो आपतमा पर्यो । त्यतिाजेलसम्ममा त्यो किराती ङापोङ सिपाहीँ माझ किरात पुगिसकेको थियो । राजाको सिपाहीँहरु पुनः त्यो किराती ङापोङ सिपाहीँलाई पच्याउँदै माझ किरात नै आइपुग्यो । यसपछि किरात ङापोङ सिपाहीँको पाउमा राजाको सिपाहीँहरुले शीर राखेर रुँदै त्यो किरात मोङलुङ फिर्ता गरिदिन अनुनयन गर्यो । त्यसपल्ट पनि किरात ङापोङ सिपाहीँको मन पग्लिएर आयो । त्यसपछि आफै फर्किएर आई माकुम अक्षेता- किरात अस्त्र बेछुक अदुवा- किरात अस्त्र र सोलोन्वा जाँडपानी मिसाएको पवित्र जलले भरिएको चिन्डो किरात अस्त्र ले थोक्दाउँदै त्यस किरात मोङलुङलाई किरात मुन्दुम वाचन गरी शिली टिप्दै विधिपूर्वक पूजा गरी त्यो किरात मोङलुङ राजाको सिपाहीँहरुको हातमा लगाइदियो ।त्यसपछि त्यो राजाको सिपाहीँहरु खुसी हुँदै किरात मोङलुङलाई लिएर किरात मोङतेनतिर फर्कियो । त्यसरी किरात मोङलुङलाई लिएर राजाको सिपाहीँहरु जति-जति किरात मोङतेनतिर नजिक आयो त्यति-त्यति त्यहाँको वातावरण सामान्य हुँदै आयो । आँधीहुरी चल्न कम भयो । आकाश उज्यालो हुँदै गयो । जब त्यो किरात मोङलुङ किरात मोङतेनमा ल्याई पुर्यायो तब सबै वातावरण सामान्य अवस्थामा आयो । त्यसपछि त्यस किरात मोङलुङलाई राजाको हुकुमअनुसार राजाकै सिपाहीँहरुले हनुमान ढोकाको नासल चौकमा कडा सुरक्षा दिई बन्द गरेर त्यस किरात मोङको शक्ति पतन गराउनुको लागि बाख्रा काटेर त्यसको रगतले भोग दिई विटुलो पारेर राख्यो । त्यस ठाउँमा ुभूत प्रेत बोक्सी दाइनी बस्छु भन्दै किरातीहरुलाई त्यहाँभित्र बस्न पनि बन्देज लगाइयो । स्मरण रहोस् हाल यो ठाउँमा वर्षमा एक दिन नवदुर्गा पूजाको दिन ढोका खोल्छ । यस दिन किरात मोङको शक्ति पतन गराउनको लागि राज्यको आदेशअनुसार गैर किराती सिपाहीँहरुले बाख्राको भोग दिई किरात मोङलाई विटुलो पार्दै आएको कुरा त्यहाँको बुढापाकाहरु बताउँछन् ।त्यसपछि त्यो किराती ङापोङ सिपाहीँ पनि आपुनो घर माझ किराततिर बाटो लागेझैं गर्यो । तर एकपटक टक्क उभिएर फनक्क फर्केर त्यस किरात मोङलुङ गाडिएको ठाउँमा हेर्यो । त्यस ठाउँमा उसले कुखुराको अण्डाको बोक्राजस्तो एउटा सेतो वस्तुको टुक्रा देख्यो÷फेला पार्यो । त्यसपछि त्यस अण्डाकार वस्तुलाई आफ्नो हिखा झोलामा लगाएर माझ किराततिर अगाडि िहंड्यो । त्यसरी १२ दिनको अथक हिँडाइपछि त्यो ङापोङ सिपाहीँ पुमाहोङ्मामा आइपुग्यो । त्यसपछि अण्डाजस्तो सेतो बोक्रालाई पुमाहोङमाको चिसापानी हाल- खोटाङ चिसापानी-८ श्री चिसापानी उच्च मा।वि।sाे अगाडि पुमाहोङमाको साकेन्वा थान मा राखेर त्यो ङापोङ आपुनो घरतिर अगाडि बढ्यो । त्यो किराती ङापोङ सिपाहीँँ आपुनो घर पुग्यो । तर त्यो किराती ङापोङ सिपाहीँँले त्यस ठाउँमा सेतो वापा भाले याङभोक बँदेल र भाङभोक दुम्सी सपनामा सधैं देखिरह्यो । त्यसपछि पुमाहोङमाको चिसापानीमा त्यो किराती ङापोङ सिपाहीँँ आएर हेर्दा त सपनामा झैं विपनामा पनि सेतो वापा याङभोक र भाङभोक नै देख्यो । त्यो कुरा पुमा होङमा पुमा खोला को प्रख्यात सिकारीहरुलाई बतायो । त्यसपछि ती सिकारीहरु पुमा होङमाको चिसापानीमा आएर सिकार खोज्यो । तर शिकार त के एउटा चरासमेत भेटेन । त्यसपछि ती सिकारीहरु पुमा होङमाको आ-आफ्नै घरतिर फर्किए । त्यसको केही समयपछि पुनः त्यो किरात मोङलाई किरातीहरुसामु देखापर्ने मन लाग्यो । त्यसपछि त्यो किराती मोङले याङभोकको रुप धारण गरी पुमा होङमामा किरातीहरुले लगाएको अन्नबाली दिनदिनै खाइदिन थाल्यो । त्यहाँको किरातीहरु याङमोकदेखि वाक्क दिक्क भयो । त्यसपछि त्यहाँको सबै गाउँलेहरु मिलेर त्यो याङभोक मार्नुको लागि खुब प्रयास गर्यो तर सकेन । त्यसपछि ती प्रख्यात सिकारीहरुलाई पुमाहोङमामा बिर्झाइ गर्ने याङभोक मार्नुको लागि पुमाहोङमाको किरातीहरुले अनुरोध गर्यो । ती प्रख्यात सिकारीहरु पनि धनुवाणसहित हिमालय पर्वतको सेल्मे-टेम्क भोजपुर र खोटाङ जिल्लाको सिमाना हुँदै पुमा होङमामा सिकार खेल्न आइपुग्यो । त्यसपछि पुमा होङमाको किरातीहरुको सूचनाको आधारमा ती सिकारीहरु सिकार खेल्न जंगलतिर लाग्यो । तर अरु दिन छाप्छाप्ती देखिने सिकार त्यस दिन सिकार मार्न त के ती सिकारीहरुले शिकार देख्नसम्म पाएन । तर जब सिकारी पुमा होङमाको साकेन्वा हाल- खोटाङ चिसापानी-८ चिसापानी उ।मा।वि।sाे अगाडि को आसपासको जंगलमा आइ पुग्यो । तब ती सिकारीहरुले त्यहाँका मालिङ्गोघारीभित्रको मूल फुटेको जरुवा पानीमा याङभोकलाई देख्यो । त्यसपछि ती सिकारीहरुले त्यस याङभोकलाई धनुवाणले हान्यो । वाण पनि अचुक भयो । याङभोकको रगतको सिर्का पनि झर्यो । तर धनुवाण भने सोथर घारीमा जाकियो । त्यसपछि त्यो धनुवाण सोथर घारीबाट निकालेर हेर्दा धुनुवाणको काडको टुप्पोमा अण्डाको बोक्राजस्तो सेतो बस्तु मात्र टाँसिएर आयो । शिकार भने त्यहीँ विलय भएर गयो । त्यसपछि त्यो अण्डाको बोक्राजस्तो सेतो वस्तुलाई त्यहीँ राखेर ति शिकारीहरु पुनः सिकार खोज्दै जंगलतिर लागे । त्यसरी दिनभरि सिकार खोज्दा-खोज्दैमा रात पर्यो । त्यसपछि ती सिकारीहरु यहीँ पुमाहोङमाको जंगलमा नै बास बसे । राती सपनामा ती शिकारीहरुलाई किरातमोङ आएर भन्यो- ूम किरात मोङ साकेन्वा हुँ । मलाई तिमीहरुको खोलाको-टोलको पवित्र ठाउँमा लगेर राखी चोखोनीतो सहित उभौली-उधौलीमा पूजा गर । तिमीहरुको कल्याण हुनेछ । तिमीहरुको दरसन्तान फैलिएर जानेछ ।ूकिरात मोङले सपनामा भनेको कुरा बिहानै उठेर ति शिकारीहरुले एकापसलाई आ-आफ्नो सपनाको कुरा बतायो । त्यसपछि ति शिकारीहरु किरात मोङलुङ साकेन्वालाई खोज्दै आपुूहरुले राखेको ठाउँमा त्यो अण्डाको बोक्राजस्तो सेतो बस्तुलाई हेर्न गयो । ती शिकारीहरुले त्यस सेतो वस्तुलाई सेतो अण्डा आकारको तर साविकको भन्दा केही ठूलो हेर्दा जगजगी बल्ने त्यो वस्तु हेर्दैमा लोभ लाग्दो छुँदा नरम र नरम सेतो बस्तु भेट्यो । त्यसपछि ती सिकारीहरुले त्यही सेतो जगजगी बलिरहेको बस्तुलाई किरातद मोङ साकेन्वा भएको थाहा पाएपछि एकआपसमा सरसल्लाह गरी पुमा होङमाको ती किरातीहरुले त्यो साकेन्वालुङलाई आफ्नो घरतिर लानको लागि किरात मुन्धुम जपेर माकुम अक्षेता- किरात अस्त्र बेछुक अदुवा- किरात अस्त्र सोलन्वा वाबुक- किरात अस्त्रले थोक्दाएर सुम्निमा सिली टिप्दै त्यो साकेन्वा लुङलाई उचालेर बोक्नु खोज्यो । तर त्यो साकेन्वा लुङलाई उचालेर बोक्नु त के हल्लाउन समेत सकेनन् बरु त्यो साकेन्वा लुङ झन्-झन् हेन्खामाभित्र भासिन पो थाल्यो त्यहीबेला आकाश गड्गडाउँदै चट्याङ पर्नथाल्यो कालोमुश्लो भएर हुरीबतास चल्न थाल्यो मुसलधारे पानी पर्नथाल्यो त्यहाँको वातावरण पुरै कालोमैलो भएर आयो । त्यो घटनाले पुमा होङमाको सम्पूर्ण किरातीहरुमा हल्लिखल्ली भयो त्यसपछि पुमाहोङमाको ङापोङहरु मिलेर किरात मुन्धुम वाचन गर्दै त्यो किरात मोङलुङ साकेन्वालाई हेन्खामा भासिनबाट बचायो त्यहीबेला अचानक बिजुली चम्कन छोड्यो हुरीबतास चल्न छोड्यो मुसलधारे पानी चल्न छोड्यो त्यहाँको वातावरण छ्याङ्ग भयो । त्यहीबेला ओम्पचिमा वापा सेतो भाले त्यसठाउँमा बाँस्दै हिँड्दैगरेको ती सम्पूर्ण किराती ङापोङलगायत सम्पूर्ण उपस्थित किरातीहरुले देख्यो । त्यसपछि किरात मोङ साकेन्वाले मन पराको ठाउँ नै त्यही पुमा होङमा भएको विश्वासले त्यहाँको किराती ङापोङहरु लगायत सम्पूर्ण किरातीहरु मिलेर त्यहीँ पुमा होङमा हाल- खोटाङ चिसापानी-७ वाचिपालाको शीर एवम् श्री चिसापानी उच्च मा।वि।sाे अगाडिमा साकेन्वा थान स्थापना गरी किरात मुन्धुम वाचन गर्दै साकेन्वा सिली टिप्दै त्यो पुमा होङ्माको साकेन्वाको पूजा गरियो । त्यसपछि त्यहाँको ङापोङहरुको नेतृत्वमा उपस्थित सम्पूर्ण किरातीहरुले साकेन्वा सुम्निमा सिली टिप्दै त्यस साकेन्वालाई आफ्नो े आराध्य पूर्खाको प्रतीक मानी साकेन्वा पूजा गरियो । त्यसरी पुमा होङमाको साकेन्वा लुङको उत्पत्ति भयो । त्यही समयदेखि पुमा होङमाको किरातीहरुले आफ्नो आराध्य पूर्खाहरुको प्रतीक मानी दोङवाङा-दोङ्दापामा त्यस साकेन्वा लुङलाई पुज्दै साकेन्वा सेवा गर्दै आएका छन् । त्यसरी दोङवाङ-दोङदापामा किरातीहरुले पुमाहोङमाको साकेन्वालाई पूजा गर्दा दोलखाको किराती राजा बूडाहोङले आफ्नो सेतो हात्तीमा चढेर पुमा होङको साकेन्वा थानमा आई साकेन्वा लुङलाई थोक्दाउँथ्यो । तर बूडाहोङको मृत्युपछि ङापोङहरुले त्यस साकेन्वा लुङलाई थोक्दाउने किरात मुन्धुम सपनामा नपाएपछि पुमा होङमाको साकेन्वा लुङलाई धेरैवर्षसम्म थोक्दाइएन । तैपनि बूडाहोङको सेतो हात्ती दोङवाङा-दोङदापामा आफैँ आएर त्यो साकेन्वा लुङको वरिपरी सरसफाई गरी त्यस साकेन्वा लुङको हेरचाह गथ्र्यो । तर धेरैवर्षसम्म पनि त्यो साकेन्वा लुङलाई थोक्दाउने किरात मुन्धुम ङापोङहरुले सपनामा नपाएपछि सदाझैँ दोङवाङा-दोङदापामा आफैँ आएर पुमा होङमाको साकेन्वा लुङको वरिपरी सरसफाई गरी त्यस साकेन्वा लुङको हेरचाह गर्ने बूडाहोङको त्यो सेतो हात्तीले पुमा होङमाको साकेन्वा लुङलाई भाँच्नु खोज्यो तर भाँच्न सकेन । त्यसपपछि पुनः बूडाहाङको सेता हात्तीले त्यो साकेन्वा लुङलाई उखेल्न खोज्यो तर उखेलिएन बरु झन् जमिनमुनि पो भासिन थाल्यो । त्यसपछि बुडाहाङको त्यो सेतो हात्तीले ठेलेर त्यस साकेन्वा लुङलाई बाङ्गो पारिदियो । त्यो कुराले पुमाखोलाको सम्पूर्ण किरातीहरुमा हल्लीखल्ली मच्चियो । त्यहाँका सम्पूर्ण किरातीहरु पुमा होङमाको साकेन्वा लुङमा भेला भई सभा-सम्मेलन गर्यो । त्यो किरातीहरुको भेलाको निर्णयअनुसार त्यहाँको किरातीहरुले त्यो बूडाहोङको सेतो हात्तीले पुमा होङमाको साकेन्वा लुङलाई बाङ्गो पारिदिएकोले अब उप्रान्त ती किरातीहरुले त्यस साकेन्वा लुङलाई दोङवाङा-दोङदापामा आ-आफ्नै घरमा पूजा गर्ने निर्णय गरियो । त्यही समयदेखि पुमा होङमाको रोकोङहरुले आ-आफ्नै घरमा साकेन्वा दोङवाङा-दोङदापामा पूजा गर्न थालियो । हालसम्म यो चलन कायम नै छ । त्यस साकेन्वालाई फागु पनि भनिन्छ किरात राज्यको पतन भएपछि किरात मोङ तेन हाल काठमाडौं उपत्यकाको किरातीहरु कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिणतिर लाग्ो । तर किरातीहरुको किरात मोङलुङ किरातेश्वर शिला भने भविष्यमा पनि किरातीहरुले किरात मोङ् तेनमा पुनः राज्य साचालन गर्ने कुरा थाहा पाएपछि यही किरात मोङ तेनमा नै किरात मोङलुङ भएर बस्यो । त्यो कुरा त्यहाँको शासकहरुले राम्ररी थाहा पाएपछि त्यो किरात मोङलुङलाई किरात मोङ तेनका शासकको आदेशअनुसार चारैपट्टि ठूलो पर्खालको घेरा-बार लगाएर कडा सुरक्षा दिएर त्यस किरात मोङलुङको शक्ति पतन गराउनको लागि गैर किरातीहरुले बाख्रा काटेर त्यसको रगतको भोग िदंदै लपटपट गराउँदै राखियो । त्यहाँ किरातीहरुलाई पस्न पनि बन्देज लगाइयो । त्यो कुरा माझ किरातको एक ङापोङ किरातीले जोखानामा थाहा पायो । त्यो कुरा माझकिरातको किरातीहरुलाई ङापोङले बतायो । त्यसपछि माझ किरातको किरातीहरुले आपुनो किरात मोङलुङलाई पनि आपुनै भूमि माझ किरातमा नै लानको लागि धेरै प्रयत्न गर्यो । तर किरात मोङलुङ तेनको शासकहरुको अगाडि माझ किरातको किरातीहरुको केही पनि चलेन । अन्ततः माझ किरातको ङापोङले आपुनो आपुनो भेष बदलेर किरात मोङलुङको नजिकै आएर बस्यो । त्यस क्रममा त्यस किराती ङापोङले किरात मोङलुङलाई घेरा लगाएर बस्ने पाले-सिपाहीँहरुलाई साथी बनायो । त्यसपछि त्यही साथीहरुको सहयोगमा किरात मोङलुङतेनको राजाको दरबारमा तान्त्रिक पूजाहारी सिपाहीँको रुपमा जागिरे भयो । त्यस राजाको दरबारमा धेरै वर्षसम्म एक कुसल सिपाहीँको रुपमा काम गर्यो । राजा मन्त्रीहरुको मन जित्यो । तर पनि त्यस किरात ङापोङ सिपाहीँलाई कहिल्यै पनि त्यस किरात मोङलुङमा भित्र जान÷पस्न दिइएन । तैपनि त्यस किराती ङापोङ सिपाहीँले त्यो किरात मोङलुङलाई केवल परैबाट सधैं टुलुटुलु हेरेर मात्रै चित्त बुझाउँथ्यो । त्यही क्रममा एक दिन किराती ङापोङ सिपाहीँले आपुनै घर माझ किरात फर्किने इच्छा राजासमक्ष जाहेरी गर्यो । राजाले पनि किराती ङापोङ सिपाहीँँको त्यॊ जाहेरी स्वीकार गर्दै लान सक्ने गरी बहुमुल्य धनसम्पत्ति माझकिरात लान किराती ङापोङ सिपाहीँँलाई अनुमति दिइयो । तर त्यो किराती ङापोङ सिपाहीँँले कुनै पनि बहुमूल्य वस्तुहरु लान चाहेन । बरु किरात मोङलुङस्थित बागमतीको एउटा सानो लुङ शीला आपुूसँग लान चाहेको कुरा राजासमक्ष बिन्ती गर्यो । राजाले पनि त्यो जावो ढुङ्गा त हो भनेर ूलौ त त्यसो भए । त्यही ढुङ्गा नै लैजाउ त ।ू भनी त्यो ढुङ्गा लान अनुमति दियो ।त्यसपछि त्यो किरात ङापोङ सिपाहीँ खुसी हुँदै किरात मोङलुङस्थित बागमतीको किनारमा गएर कसैले पनि थाहा नपाउने गरी आपुूले लुकाएर राखिएको साच्चिकै किरात मोङलुङलाई माकुम किरात अस्त्र- अक्षता बेछुक अदुवा- किरात अस्त्र- औषधि र सोलोन्वा वाबुक जाँडपानी मिसाइएको पवित्र जल भरिएको चिन्डो- किरात अस्त्र ले थोक्दाउँदै किरात मुन्दुम गाएर विधिपूर्वक पूजा गरी त्यस किरात मोङलुङलाई आपुनो हिखा झोला मा लगाएर माझ किराततर्फ बाटो लाग्यो । त्यही बेला अचानक किरात मोङलुङलगायत किरात मोङतेन वरपरको जमिन कम्पन भयो । आकाश कालो मुस्लो भएर आयो । हुरी बतास चल्यो । विजुली चम्कियो । पानी पर्यो । किरात मोङतेन लगायत दरबारको वरपर हाहाकार मच्चियो । भाग दौड चल्यो । त्यस दरबारमा ठूलो आपत-विपत आइपर्यो । त्यसपछि किरात मोङतेनको राजाबाट दरबारमा तुरुन्तै नगरा-कर्नालहरु बजाउनु लगाइयो । राजाको हुकुम अनुसार सबै भाइ भारदारहरु मन्त्रीहरु सेनाप्रमुखहरु मठमन्दिरको प्रमुख पूजारीहरु ज्योति विद्वान्हरु आदि सबैलाई भेला गराएर सभा सम्मेलन गराइयो । त्यस सभामा कोही कसैबाट दरबारमा अशुभ हुने खालको केही काम भयो कि भनेर सोधियो तर कोही कसैबाट पनि त्यस्तो असुभ हुने काम नगरिएको कुरा राजासमक्ष जाहेरी गरियो । बरु राजाले नै आपुनो सहमतिमा किरात ङापोङ सिपाहीँले किरात मोङलुङ क्षेत्रको बागमतीको किनारमा रहेको ढुङगा पनि आपुूसँगै ङापोङले साथैमा लिएर माझ किराततिर लागेको कुरा बतायो । फलस्वरुप त्यो भेलाको सभाले किराती ङापोङ सिपाहीँले आपुनो साथमा लिएर गएको ढुङ्गामा दैविक शक्ति भएको ठहर गरी उक्त ढुङ्गासहित किराती ङापोङ सिपाहीँलाई तुरुन्तै किरात मोङतेनमा फर्काउने निर्णय गरियो । त्यो कुरा त्यहाँका राजाले आपुनो सिपाहीँहरुलाई आदेश दियो । यदि उक्त किराती ङापोङ सिपाहीँ फर्कन नमानेको खण्डमा उसले लगेको ढुङ्गालाई जसरी भए पनि फुत्काएर ल्याउन लगाइयो...T